क्रिकेटर सन्दीपकाे पक्षमा आदेश

सर्बोच्च अदालतले राष्ट्रिय टिमका पुर्ब कप्तान सन्दीप लामिछानेकाे पक्षमा आदेश दिएकाे छ ।

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गरेको हाे । त्यस्तै सन्दीपलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिइएको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गरेको हो ।

यसअघि नाबालिग बलात्कारको मुद्दामा जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

तपाईको प्रतिक्रिया