यूएईबाट नेपालले जितका लागि २ सय ८ रनको लक्ष्य पायो

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएईबाट २ सय ८ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७ रन बनाएको हो । यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सबैभन्दा धेरै ७२ रन बनाएका थिए भने यता नेपालका सन्दीप लामिछानेले ३ विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया