नेपाली क्रिकेटमा ऐतिहासिक फड्को, नेपाल एसियाकपमा छनोट

काठमाडौं । नेपालले क्रिकेटमा ऐतिहासिक फड्को मार्दै एसीसी प्रिमियर कपको उपाधि जितेको छ । आज भएको खेलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया कपमा पनि स्थान आफ्नो स्थान पक्का गरेको छ ।

यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रन बनाए ।

तपाईको प्रतिक्रिया