पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान रिहा

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफ (पीटीआई) प्रमुख रिहा भएका छन् । उनलाई विहीबार रिहा गरिएको हो । रिहापछि शुक्रबार अल कादिर ट्रस्ट प्रकरणका लागि इस्लामावाद उच्च अदालत उपस्थित हुने तालिका रहेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तानको सर्वोच्च अदालतले खानलाई उच्च अदालतमा उपस्थित नहुन्जेल कडा सुरक्षा प्रदान गर्नसमेत आदेश दिएको छ ।

 

तपाईको प्रतिक्रिया