काठमाडौं–बैशाख २ । गएको वर्ष वैशाखको १२ गते विनासकारी भूकम्पपछि परकम्प जाने क्रम अझै रोकिएको छैन । विनासकारी भुकम्प गएको झण्डै एक वर्ष पुग्न लाग्दा समेत परकम्प जाने क्रम नरोकिएपछि सर्वसाधारण त्रासमा बाँच्न बाध्य छन् । दिनहँुजसो जाने परकम्पले सर्वसाधारणमा अझै पनि विगतको भूकम्पको सम्झना गराईरहेको छ । ७२ साल वैशाख १२ गतेयता अहिलेसम्म चार म्याग्नीच्यूड माथिका ४ सय ४५ वटा पराकम्प गईसकेको भुकम्प मापन केन्द्रले जनाएको छ । पछिल्लो पटक मंगलबारमात्र दोलखा केन्द्रविन्दु बनाएर ४.४ म्याग्नीच्यूडको परकम्प गएको छ । यसरी भुकम्प गएको एक वर्ष पुग्नलाग्दा समेत पराकम्प जाने क्रम रोकिएको छैन । बारम्बार पराकम्प गईरहँदा बृद्धबृद्धा र बालबालिकाहरु बढि त्रसित हुने गरेका छन् ।