युरोपेली राष्ट्रको एकता पुटिनको टाउको दुःखाई ओबामा

वासिङ्टन–बैशाख । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई युरोपेली देशहरुको एकताबाट डराएको आरोप लगाएका छन् ।
Barack Obamaसिबिएस न्युजलाई दिनुभएको अन्तरवार्तामा राष्ट्रपति ओबामाले रसियाली राष्ट्रपति पुटिनले पछिल्लो समयमा विकसित हुदै गएको युरोपेली युनियनको एकतालाई कम आँकलन गर्ने गरेपनि एकताबाट डराएको टिप्पणी गरेका थिए ।  युरोपमा रहेको अप्रवासीसम्बन्धी समस्याका कारण युरोपका देशहरु एकताबद्ध भएको भन्दै उहाँले यसका कारण अमेरिकाले पनि संघर्ष गर्नु परिरहेको बताएका थिए ।

युरोपको सो समस्याको समाधानका लागि अमेरिका पनि लागिपरेको धारणा राख्दै रसियाली राष्ट्रपति पुटिनलाई युरोपेली एकतालाई कमजोर नठान्न आग्रह गर्दै कमजोर मानिए ठूलो भूल हुने पनि बताएका छन ।

ओबामाले बेलायतलाई आगामी जुन महिनामा हुन लागेको जनमत संग्रहमा युरोपेली युनियन छोड्ने निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया