धनकुटा–बैशाख १५ । आगामी शनिबारदेखि धनकुटामा शहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा सुरू हुने भएको छ ।
प्रतियोगिता आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरि दुई बिदेशी सहित ८ टोलीको सहभागितामा प्रतियोगिता हुने जानकारी दिएको हो । आयोजक समितिका अनुसार भारतको शेरे क्लब कालिङपोङ र बि.आर.सि भुटानसहित आठ टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा आयोजक धनकुटा एघारसहित एपीएफ, ब्वाइज युनियन, गोधुली क्लब, राउत कन्ट्रस्कसन मोरङ र झापा एघार उपाधिका लागि भिड्दैछन । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकको दाबी छ ।
बैशाख १८ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले दुई लाख र उपबिजेताले एक लाख नगद सहित ट्रफि र मेडल पाउने छन् ।