बालगोपाल बंगलादेशको ए डिभिजन क्लवसँग अनुबन्धित

Bal-Gopal-Maharjan1काठमाडौं–जेठ १९ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जन बंगलादेशको ए डिभिजन क्लवको प्रशिक्षकका रुपमा अनुबन्धित हुनुभएको छ । नयाँ सिजनका लागि महर्जनलाई बंगलादेशको ए डिभिजन क्लव ब्रदर्स युनियनले प्रशिक्षक बनाएको हो ।

ब्रदर्स युनियन बंगलादेशको प्रिमियर लिग टोली हो । यो तीन महिने सम्झौतासँगै महर्जन बिदेशी ए डिभिजन क्लवमा प्रशिक्षणको अवसर पाउने पहिलो नेपाली प्रशिक्षक बन्नुभएको छ । लामो समय एन्फा एकेडेमीको प्रशिक्षक रहनुभएका बालगोपालले आफ्नो प्रशिक्षणकालमा गत बर्ष नेपाली टोलीलाई दुई उपाधि दिलाउनुभएको थियो । अहिले अनुबन्धित बंगलादेशको ब्रदर्स युनियन महर्जनको पूर्व क्लव पनि हो । खेलाडीका रुपमा उहाँले क्लवमा आबद्ध भएर तीन सिजन खेल्नुभएको थियो ।

सन् १९७५ मा ए डिभिजनमा बढुवा भएको ब्रदर्स युनियन सन् २००४ मा बंगलादेशको ए डिभिजन च्याम्पियन बनेको थियो । २००३, ४ र ०५ सिजनमा दुई पटक बंगलादेश प्रिमियर लिग उपाधि उचालेको ब्रदर्स युनियनले २००५ मा बंगलादेश फेडेरेसन कप जितेपछि अहिलेसम्म ठूलो उपाधि हात पार्न सकेको छैन ।

 

तपाईको प्रतिक्रिया