छोटो समयमै नमुना बन्दै सिफल मार्शल आर्ट्स क्लब

काठमाडौं–भदौ । काठमाडौंको सिफलमा रहेको सिफल मार्शल आर्ट्स छोटो अवधिमै सबैको नमूना बन्न सफल भएको छ । प्रशिक्षक द्वय विशाल विक्रम अधिकारी र शिला खड्गी द्वारा सञ्चालित यो मार्शल आर्ट्स क्लबले गोजुरियो करातेको प्रशिक्षण दिदै आएको छ । अति नै कम शुल्कमा मार्सल आर्ट क्लबले अहिले झण्डै चालिस जना विद्यार्थीलाई प्रशिक्षण दिइरहेको छ ।

मासिक जम्मा ३ सय रूपैयाँ लिएर यस क्लबले अहिले विद्यालय अध्ययनरत भाइवहिनीहरूलाई प्रशिक्षण दिदै आएको हो । विश्वमा नै नेपाली खेलकुद अवस्थामा खस्कदै गइरहेको अवस्थाsifal martialमा थोरै भएपनि खेलकुदमा योग्दान पुर्‍याउने हिसाबले प्रशिक्षक द्वयले यो क्लब सञ्चालन गरेका हुन् ।

अहिले सिफल क्षेत्रमा यो क्लबले छु यहाँका बालबालिकालाई स्वस्थ रहन शारिरिक व्यायाम गर्नुपर्छ भन्ने मान्यताको विकास समेत गराएको छ । क्लबले बालबालिकालाई कराते सम्बन्धि विभिन्न किसिमका परार्मश पनि दिदै आएको छ । क्बलले अगामी दिनमा विभिन्न अन्तर्राष्ट्रिय कराते क्लबसँग आवद्धता गरेर विद्यार्थीहरूलाई करातेका विविध आयामहरू पनि थप्दै लैजाने योजना बनाएको छ ।

खेलकुदले सानैदेखि बच्चालाई सही दिशामा गाइड गर्ने भएको र सबैमा कराते सम्बन्धी शिक्षा दिने हेतुले यस क्लबले काम गर्दै आएको प्रशिक्षक द्वय विशाल विक्रम अधिकारी र शिला खड्गीले नेपाल परिक्रममालाई जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया