मदर टेरेसालाई सन्त घोषित

एजेन्सी–क्याथोलिक इसाइहरुको सबै भन्दा ठूला धर्मगुरु पोप फ्रान्सिसले मदर टेरेसालाई सन्त घोषित गरेका छन् । आइतबार भ्याटिकन सिटीको सेन्ट पिटर स्क्वायरमा आयोजित एक विशेष समारोहमा टेरेसालाई मरणोप्रान्त सन्त घोषणा गरिएको हो । टेरेसालाई गरिबहरुको सहायता तथा जीवन रक्षकालागि जीवनभर क्रियाशिल रहेको भन्दै सन्त घोषणा गरिएको हो ।

यस समाहरोहमाmother-teresa विश्वभरका दशौं हजार मानिस सहभागी भएका थिए। समारोहमा स्पनेकी महारानी सोफियासहित विभिन्न १३ मुलुकका सरकार प्रमुखको सहभागी रहेको थियो । टेरेसालाई गरिबहरुको सहायता तथा जीवन रक्षकालागि जीवनभर क्रियाशिल रहेको भन्दै सन्त घोषणा गरिएको हो।

उनले सन् १९५० मा स्थापना गरेको मिशनरी अफ च्यारिटीले हाल १ सय ३३ देशमा काम गरिरहेको छ । उनको सन् १९९३ मा निधन भएको थियो। पोप फ्रान्ससिसले गत मे मा  टेरेसालाई सन्त घोषणा गरिने बताएका थिए ।

तपाईको प्रतिक्रिया