एजेन्सी–कार्तिक । जम्मु–काश्मीर सीमा क्षेत्रको नियन्त्रण रेखामा भारत र पाकिस्तानका सेनावीच गोली हानाहान हुँदा १४ जना मारिएका छन् ।
भारत र पाकिस्तानले एक–अर्कामाथी नियन्त्रण रेखामा गोली चलाएको आरोप लगाएका छन् । सीमा जोडिएको क्षेत्रमा पाकिस्तानको तर्फवाट हानिएको गोली लागेर आफ्ना ८ जना नागरिकले ज्यान गुमाएको भारतीय अधिकारीहरुले जनाएका छन् । ज्यान जानेमा दुई बालबालिका पनि रहेको भारतीय अधिकारीहरुले जनाएका छन् ।
सांबाको रामगढ सेक्टरमा ६ जनाको ज्यान गएको र ९ जना घाईते भएको बताइएको छ । यस्तै,पुँच जिल्लाको नौशेरा सेक्टरमा दुई महिलाको ज्यान गएको र १३ जना घाईते भएका छन् । यस्तै,पाकिस्तानी अधिकारीहरुले पनि भारतको तर्फवाट भएको गोली प्रहारवाट आफ्ना ६ जना नागरिकको ज्यान गएको जनाएको छ । अहिले पनि नियन्त्रण रेखा क्षेत्रमा दुईदेशबीच गोली हानाहान जारी छ ।
कश्मीर भिडन्तमा भारतीय सेनामा कार्यरत एक नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नेपालीमा गोरखा राईफल्समा कार्यरत सुनसरी, धरानका विमल तामाङ रहेका छन् ।