पछिल्लो समय नेपालमा मार्शल सेल्फ डिफेन्सको अवधारणा विकसित हुँदै गएको छ । गत बर्ष मात्र मार्शल सेल्फ डिफेन्सको विकासका लागि नेपाल मार्शल सेल्फ डिफेन्स एशोसिएशनको पनि स्थापना भएको थियो । यो एशोसियशनले अहिले देशब्यापी रूपमा मार्शल सेल्फ डिफेन्सको विकास र प्रवद्धन गर्ने काम गरिरहेको छ । २०७२ साल भदौ १७ गतेबाट विधिवत रूपमा स्थापना भएको यस संस्थाले यस बर्षको शुरूवातमा अन्तर्राष्ट्रिय सेमिनार पनि सम्पन्न गर्यो । मार्शल सेल्फ डिफेन्सका अन्र्तराष्ट्रिय ग्रान्ड मास्टर मिगुल अरवेयू सहितको टोलीलाई नेपाल भित्र्याएर नेपाल मार्शल सेल्फ डिफेन्स एशोसिएशनले सोलुखुम्बुको पत्तालेमा भब्य रूपमा अन्तर्राष्ट्रिय सेमिनार गर्न सफल भएको हो । सरकारी स्तरबाटै पनि अहिले मार्शल सेल्फ डिफेन्स खेलको विकासका लागि प्रयत्नहरू भएको पाइन्छ । आखिर के हो त मार्शल सेल्फ डिफेन्स र नेपालमा यस खेलको किन आवश्यकता छ भन्ने बारे हामीले नेपाल मार्शल सेल्फ डिफेन्स एशोसिएशनका अध्यक्ष डिवी रानापालकासँग कुराकानी गरेका थियौ । रानापालसँग नेपाल परिक्रमा सम्बाददाताले गरेको कुराकानीको अंश :
– मार्शल सेल्फ डिफेन्सको अवधारणा के हो ?
मर्शल सेल्फ डिफेन्सको अवधारणा भनेको कुनैपनि व्यक्तिले आफू कसरी सुरक्षित हुने वा आफ्नो आत्मरक्षा कसरी गर्ने भन्ने विधि जानु नै मार्शल सेल्फ डिफेन्सको अवधारणा हो । मार्शल सेल्फ डिफेन्स विभिन्न करातेका विद्याहरूको समिश्रणबाट बनेको छ । हामीले मार्शल सेल्फ डिफेन्सलाई करातेका विभिन्न कलाहरूको समायोन वा मिक्स कन्सेपटको रूपमा बुझ्न सक्छौ । मार्शल सेल्फ डिफेन्स सबै उमेर समूह, बर्ग र पेशाका मानिसका लागि महत्वपूर्ण छ । मार्शल सेल्फ डिफेन्स आफैमा नयाँ अवधारणा हो । यो विकासका पोर्चुगलबाट भएको हो ।
–नेपालमा मार्शल सेल्फ डिफेन्सको शुरूवात कहिलेबाट भयो ?
मार्शल सेल्फ डिफेन्सको अवधारणालाई अहिले हामीले नै अगाडि बढाइरहेका छौं । यसको शुरूवात पनि हामीले गरेका हौं । हामीले गत बर्ष मार्शल सेल्फ डिफेन्सको खेलको विकास प्रबद्र्धन गर्ने उदेश्यले नेपाल सेल्फ डिफेन्स एशोसिएसको स्थापना गरेका हौं ।
–नेपालमा मार्शल सेल्फ डिफेन्सको खेललाई कसरी अगाडि बढाउँदै आउनुभएको छ ?
हामीले यस संस्था स्थापना गर्ने वित्तिकै काठमाडौं र सोलुखुम्बुमा मार्शल सेल्फ डिफेन्स एशोसिएनको मातहतमा रहने गरी एउटा जिल्ला समिति गठन गर्यौ । अहिले दुवै जिल्लामा समितिहरू सक्रिय छन् । काठमाडौं र सोलुखुम्बुमा हामीले विद्यालय स्तरबाट नै यस खेलको विकास गर्ने हेतुले विद्यार्थीहरूलाई प्रशिक्षण दिइरहेका छौ । अझ हामीले गरेको अर्को महत्वपूर्ण काम भनेको हामीले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन पनि गर्यौ । विभिन्न देशका प्रतिनधि संलग्न भएको उक्त सेमिनार भब्य रूपमा सम्पन्न भयो । यो सेमिनारले नेपालमा मार्शल सेल्फ डिफेन्सको अवधारणालाई झन् फराकिलो बनाउन मद्दत पुर्यायो ।
–नेपालमा मार्शल सेल्फ डिफेन्स खेलको अहिलेको अवस्था कस्तो छ ?
पछिल्लो समय मार्शल सेल्फ डिफेन्स ब्यापक बन्दै गएको छ । केवल खेलाडीका लागि मात्र नभई सबै उमेर समूह, बर्ग र पेशाका मानिसका लागि यो उपयोगी भएकाले यसले मार्शल सेल्फ डिफेन्सले ब्यापकता पाउँदै गएको छ । पछिल्लो समय त सबैको ध्यान मार्शल सेल्फ डिफेन्सतिर तानिएको छ । सरकारले पनि मार्शल सेल्फ डिफेन्स खेलको विकासका लागि विभिन्न योजनाहरू अगाडि बढाइरहेको छ ।
–आगामि दिनमा यसको विकासको लागि कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
हामी निरन्तर यसैमा लागि रहेका छौ । मार्शल सेल्फ डिफेन्सप्रति मानिसहरूको चासो पनि बढ्दै गएको छ । खेलाडी, सुरक्षाकर्मी, विद्यार्थी, कलाकार, पत्रकार, शिक्षक लगायतका सबै पेशामा आबद्ध मानिसहरूका लागि यो उपयोगी भएकाले हामीले यस बारे थप चेतना फैलाउने छौ । हरेक जिल्लामा एक–एक वटा जिल्ला कमिटि गठन गरी विद्यालय स्तरबाट नै यस खेलको विकास गर्न लाग्ने छौ । देशका मुख्य ठाउँहरूमा प्रशिक्षण केन्द्रहरूको स्थापना गर्ने हाम्रो योजना छ ।
–अन्त्यमा नेपाल परिक्रमा मार्फत के भन्न चाहनुहुन्छ ?
मार्शल सेल्फ डिफेन्स खेल तपाई हामी सबैको लागि बहुउपयोगी छ । शारिरिक रूपमा स्वस्थ्य रहन मात्र हैन आवश्यक परेका बेला आफ्नो कसरी सुरक्षा गर्ने भने विद्यी मार्शल सेल्फ डिफेन्सले सिकाउँछ । त्यसैले मार्शल सेल्फ डिफेन्सको विधि सिक्नुहोस् र आफ्नो सुरक्षा आफै गर्नुहोस् ।