सम्पदा पुनर्निर्माणमा ढिलाई, २ बर्षमा २० सम्पदा मात्रै निर्माण

काठमाडौं–महाविनासकारी भूकम्प गएको दुई वर्ष बित्नै लाग्दा अहिलेसम्म २० ओटा क्षतिग्रस्त सम्पदाको मात्र पुनर्निर्माणको काम सकिएको पुरातत्व विभागले वताएको छ । विभागका अनुसार देशभर करिव ७ सय क्षतीग्रस्त सम्पदा मध्ये २ वर्षमा जम्मा २० वटा सम्पदाको मात्रै काम सकिएको हो । कीर्तिपुरको लोहदेग, इचंगुनारायणको सत्तल, हनुमानढोका दरबार क्षेत्रभित्रको तलेजु मन्दिर, नाट्येश्वर मन्दिर र बौद्धनाथ स्तुपा लगायत छन् ।

ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्वीक महत्व बोकेका सम्पदाको रेखदेख, संरक्षण र पुननिर्माणको जिम्मेवारी सम्हालेको निकाय पुरातत्व विभागले भत्किएका सम्पदाको दुरुस्तै पुनर्निर्माण प्रक्रिया जटिल भएको बताएको छ । सम्पदा पुननिमार्णका लागि सरकारलाई एकअर्ब रुपैयाको सिलिङ दिइएको भएपनि ५० करोड रुपैया मात्र विनियोजन भएको विभागले बताएको छ ।

धार्मिक, पुरातात्विक तथा ऐतिहासिक सम्पदाको अध्ययन, अनुसन्धान तथा निर्माणका लागि युनेस्को, जापान, भारत तथा श्रीलंकाका विभिन्न संघ संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् । ५ वर्षमा सम्पदा पुनर्निर्माणको काम सक्ने सरकारी लक्ष्य भएपनि आगामी आर्थिक वर्ष १३ ओटा सम्पदाहरुको काम सक्ने विभागको भनाई छ । बिभागका अनुसार भुकम्पका कारण क्षतिग्रस्त सातसय सम्पदामध्ये एकसय ३३ वटा सम्पदा पुर्ण रुपमा र ६ सय १७ वटा आशिक रुपमा क्षति भएको थियो  । विभागले अहिले राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट स्वीकृत भएका १ सय ३२ बढि सम्पदाको पुनर्निर्माणको काम गर्दै आएको छ । सम्पदाको पुनर्निर्माणका लागि आवश्यक पैसासँगै जनशक्तिको समेत अभाव भएको विभागको भनाई छ ।

तपाईको प्रतिक्रिया