नेपाल घुम्न आउने पर्यटकको संख्यामा उत्साहजनक वृद्धि

काठमाडौं– राजनीतिक स्थिरताको आभाससँगै ठमेल लगायत पर्यटकीय स्थलमा यस्ता दृश्य देख्न पाइन्छ । काठमाडौं लगायतका देशका अन्य चर्चित सांस्कृतिक, धार्मिक तथा हिमाली क्षेत्रहरुमा यसरी नै पर्यटकको घुइचो लाग्न थालेको छ । असोज र कार्तिक महिनालाई पर्यटकीय आगमनका लागि उपयुक्त महिनाका रुपमा लिईन्छ ।

तर अहिले चैत्र वैशाख महिनादेखि नै पर्यटक आगमन सकारात्मक रुपले बढदै गएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यसरी पर्यटकको संख्या सकारात्मक रुपमा बढदै जानुमा भुकम्पपछि पनि नेपाल सुरक्षित र उत्तिकै सुन्दर छ भन्ने सकारात्म सन्देश अन्तराष्ट्रिय जगतमा पुगेकाले भएको नेपाल पर्यटन बोर्डले बताएको छ । महाभूकम्पमा  पर्यटकको संख्या ५ लाखको हाराहारीमा मात्र थियो भने भुकम्पको दुई वर्ष पछि सात लाख  ५३ हजार पर्यटकहरु नेपाल भित्रिएका छन । भुकम्प अघिका वर्षहरुमा सात लाख ९७ हजारको हाराहारीमा पर्यटक भित्रिने अध्यागमन विभागको तथ्याङकले देखाएको छ । पर्यटक भित्रिने संख्यामा अझ वृद्धि हुने पर्यटन बोर्डले जनाएको छ ।

नेपाल भ्रमण गर्नेमा भारतीय पर्यकको संख्या उल्लेखनीय रहेको छ । भारतसंगै चिन, श्रीलङका, अमेरीका लगायत अन्य ४० देशका पर्यटकहरु वर्षर्नी लाखौंको संख्यामा भित्रिने क्रम बढदो छ । अहिले हिमाल आरोहणका लागि चार सय भन्दा बढिले आवेदन दिएका छन । यस्तै ट्रेकिङका लागि जानेमा विगतको एक वर्ष यता जम्मा एक लाख भन्दा बढि पर्यटकहरु छन । नेपालमा आफैमा मौलिक संस्कृति, धर्म, कला कौशल तथा प्राकृतिक सौन्र्दय र विधिताले गर्दा नेपाललाई आफनो गन्तव्य स्थलको रुपमा रोजाईमा परेको बताउछन पर्यटकहरु । काठमाडौं उपत्यका, पोखरा, लुम्विनी र सोलुखुम्बु लगाएतका स्थानमा धेरै पर्यटकले भम्रण गर्ने गर्छन । तर नेपालका अधिकांश स्थान पर्यटकिय दुष्ट्रीकोणले उत्तिकै सम्भावना बोकेको भएपनि गन्तव्यस्थलको रुपमा चिनाउन नसक्नु र विकट जिल्लाहरुमा पुर्वाधारको विकास नहुनु आजको चुनौती भएको पर्यटन बोर्डले बताएको छ । वर्षेनी लाखौंका संख्यामा पर्यटक भित्रियसंगै नेपालमा पर्यटन व्यवसाय फस्टाएको छ । नेपालको कुल ग्राहस्थ्य उत्पादनमा ७. ५ प्रतिशतको योगदान पर्यटन व्यवसायबाट पुग्दै आएको छ । यस्तै झण्डै ४ लाख बढि मानिसलाई रोजगारी मिलेको पर्यटन बोर्डले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया