फागुन २६– आइसीसी विश्वकप छनोट प्रतियोगिताको समूह बी अन्तर्गत आफ्नो तेश्रो खेलमा पनि नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ ।
जिम्बाब्वेको बुलावायो शहरस्थित बुलावायो एथ्लेटिक क्लब मैदानमा भएको खेलमा नेपालले दिएको १ सय ९५ रनको लक्ष्य अफगानिस्तानले ३८ ओभर ४ बलमा केबल ४ विकेट गुमाउँदै पूरा गरेपछि अफगानिस्तान विजयी भएको हो । यसअघि नेपाल निर्धारित ५० ओभरको इनिङ सकिन १ बल अघि सबै विकेट गुमाउँदै १ सय ९४ रनमा समेटिएपछि अफगानिस्तानले १ सय ९५ रनको लक्ष्य पाएको थियो ।
नेपालका लागि कप्तान पारस खड्काले ७५ रन बनाए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३२ तथा उपकप्तानल ज्ञानेन्द्र मल्ल र आरिफ शेखले समान २३ रन बनाउनुबाहेक अरु ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अफगानिस्तानका मोहम्मद नबीले ४ विकेट लिए ।