पौडी खेलको विकासमा राज्यको ध्यान जान सकेको छैन : पौडी प्रशिक्षक कार्की

खेलका विभिन्न विद्या मध्ये पौडी खेल पनि एक हो । विश्वका कतिपय देशले पौडी खेललाई  विशेष खेलको रूपमा लिइएको पाइन्छ । तर नेपालको सन्दर्भमा भने पौडी खेलको राम्रोसँग विकास भएको छैन । नेपालमा पौडी खेल अझै पनि शिशु अवस्थामा नै छ भने पौडी सम्बन्धी प्रतियोगिता पनि नेपालमा कमै हुँदै आएका छन् ।

शारिरिक तन्दुरूस्तीका हिसाबले निकै महत्वपूर्ण खेल मानिने पौडी खेललाई पछिल्लो समय शहरी क्षेत्रका निजी विद्यालयले भने सिकाइकै रूपमा अगाडि बढाएका छन् । पौडी खेलका हिसाबले मात्र होइन गर्मीको समयमा शितलताको महशुस गर्न पनि उपयोगी मानिन्छ । थोरै पूर्वाधार र प्रशिक्षणको लागि समिति जनशक्ति भएको नेपालमा पौडी खेलको धेरै विकास गनुपर्ने आवश्कता रहेको यस क्षेत्रका जानकारहरू बताउँछन् । पौडी खेल प्रशिक्षणमा 

लामो समय विताउनु भएका शंकर कार्की यस खेलका विज्ञ समेत मानिनुहुन्छ । विक्रम सम्बत २०४७ सालमा १६ बर्षको उमेरदेखि नै पाडी खेलमा आवद्ध शंकर कार्कीले विभिन्न समयमा भएका क्षेत्रिय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा भएका प्रतियोगितामा समेत पदक हासिल गर्नुभएको छ । राष्ट्रिय खेलकूद परिषद्मा राष्ट्रिय पौडी प्रशिक्षक रूपमा कार्यरत कार्की नेपालकै एक कुशल प्रशिक्षक समेत हुुनुहुन्छ । नेपालमा पौडी खे

लको अवस्था के कस्तो छ र पौडी खेलको विकास कसरी गर्न सकिन्छ भने विषयमा पौडी प्रशिक्षक कार्कीसँग नेपाल परिक्रमा सम्बादाताले गरेको कुराकानी :

– पौडी खेल के हो ?
बर्तमान समयमा भन्नुपर्दा पौडी खेलको एउटा निकै महत्वपूर्ण विद्या हो, जसको छुट्टै अन्तर्राष्ट्रिय महत्व रहेको छ । पौडी खेल मानिसलाई आन्नदको महशुस गराउने खेल मध्येको एउटा प्रमुख खेल पनि हो । नेपालले पौडी खेलको महत्व बुझेर यसको विकासमा ध्यान दिन नसकेपनि विश्वका कतिपय देश पौडी खेलकै माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा चर्चित छन् । पौडी खेल सकेसम्म सानै उमेरदेखि सबैले सिक्नै पर्ने खालको खेल पनि हो । यदि मानिसहरूमा पौडी खेल्न सक्ने ज्ञान भयो भने यसले मानिसलाई सुरक्षित हुनपनि सहयोग गर्दछ ।

– नेपालमा पौडी खेलको अवस्था कस्तो छ ?
विश्व परिवेशमा पौडी खेलको विकास र स्तर धेरै माथि पुगेपनि नेपालमा पौडी खेलको न्यूनतम विकास पनि हुन सकेको छैन । नेपालमा पछिल्लो समय शहर निजी विद्यालयले पौडी खेलाई सिकाई रूपमा अगाडि बढाउने अभ्यास थालेपनि राज्यस्तरबाट पौडी खेल र यसको पूर्वाधार विकासमा खासै चासो दिएको पाइदैन । नेपालमा अन्य खेलको सामान्य विकास भएपनि पौडी खेलको न्यूनतम विकास समेत भएको छैन । भएका केही केही संरचना पनि काठमाडौ उपत्यकामा मात्र केन्द्रीत छन् । काठमाडौं बाहिर त पौडी खेलका लागि सरकारी संरचना नै छैनन् भन्दा कुनै फरक नपर्ला । पौडी खेलका बजेट पनि न्यून रूपमा छुटइदै आइएको छ भने यस खेलसँग सम्बन्धित प्रशिक्षक र आवश्यक जनशक्तिको पनि ब्यापक कमि छ ।

– नेपालमा पौडी खेलको विकासका लागि राज्यस्तरबाट के गर्नु पर्ला ?
सर्वप्रथम त सरकारले पौडी खेलको विकासका लागि आवश्यक पूर्वाधार र संरचनाको निर्माण गनुपर्छ । पौडी खेलमा भइरहेको जनशक्तिलाई सहि परिचालन गरी यसको खेलको विकासमा टेवा पुग्ने गरी परिचालन गर्नुपर्छ । पौडी खेलको विकासका लागि खेलकूद मन्त्रालय अन्तर्गत छुट्टै निकायको व्यवस्था गरी क्षेत्रिय। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतियोगिताको आयोजना गनुपर्दछ । विद्यालय स्तरबाट नै पौडी खेललाई सिकाईको रूपबाट अगाडि बढाउनु पर्दछ ।

– नेपालमा पौडी खेलको सान्र्दिभकता के छ ?

पौडीको ज्ञान सबैमा हुन आवश्यक छ । पौडीलाई खेलको रूपबाट मात्र पनि हेर्नु हुदैन । पौडी व्यक्तिको सुरक्षाको दृष्टिकोणले पनि महत्वपूर्ण छ भने मनोरञ्जनका हिसाबले पनि पौडीको महत्व कम छैन । पौडीलाई खेलको दृष्टिकोटबाट हेर्दा यसको राष्ट्रिय/अन्तर्राष्ट्रिय महत्व रहेको छ । कतिपय देशले पौडी खेलबाट आफूलाई विश्वमा चिनाई रहेका छन् । नेपालले पनि पौडी खेलको विकास गरेर यहि खेलको माध्यमबाट नेपाललाई विश्वमा चिनाउन सक्छ ।

अन्त्यमा नेपाल परिक्रमा मार्फत के भन्न चाहनुहुन्छ ?
खेलकूद क्षेत्र सधै छायामा पर्दै आएको छ । हुन त यसअघि देशको राजनीतिक अस्थिरताले गर्दा सरकारको आँखा खेलकूद क्षेत्रमा नपुगेको हुन सक्छ । तर अब देशमा स्थायी सरकार बनिसकेको छ । सरकारले अब विगतमा जस्तो खेलकूद क्षेत्रलाई बेवस्ता गर्न हुदैन । खेलकूद क्षेत्रको विकास भयो भने खेलकै माध्यमबाट राष्ट्रलाई विश्वमा चिनाउन सकिन्छ । खेल र खेलाडी राष्ट्रको गहना हुन् ।

तपाईको प्रतिक्रिया