टोड्केको पर्यटन प्रर्वद्धनमा स्थानीय लागे

म्याग्दी– म्याग्दीको कुहुा, झिा र पात्लेखेत गाविसको सिमा क्षेत्रमा पर्ने टोड्केमा आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउनका लागि स्थानीय बासीन्दाहरु प्रचारप्रसार र पुर्वाधार निर्माणमा जुटेका छन् । समुद्री सहतदेखि दुई हजार ३८० मिटर उचाईमा अवस्थित टोड्केको पर्यटन विकासका लागि मेला, महोत्सवको माध्यमबाट प्रचारप्रसारका साथै सडक, ईन्टरनेट, भवन, वनभोज स्थल, खानेपानी, खेलमैदान निर्माण भएको छ । नजिकैको पूर्णगाउा, झिा र वाखेतमा होमस्टे सुरु गर्ने तयारी भएको छ । टोड्केलाई सरकारले गत असोज १० गते पर्यटकीय गन्तब्य स्थल घोषणा गरेपछि स्थानीय बासीन्दाहरु उत्साहीत भएका हुन् । पहाडको टाकुरामा रहेको समथर भुगोल र एकान्त वातावरणमा अवस्थित टोड्केबाट हिमशृङखला, सुर्योदय, गुरासको जंगल, प्राकृतिक सौन्दर्यता र ग्रामिण बस्तीहरुको अवलोकन गर्न सकिन्छ । गुर्जा, धौलागिरी, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे लगायत हिमशृङखलाहरुलाई नाङलोको घेराझै नजिकबाट अवलोकन गर्न सकिने टोड्केबाट म्याग्दीका ३८ भन्दा धेरै गाविसका बस्तीहरु देख्न सकिन्छ । वसन्त ऋतुमा पाखाभरी राताम्मे भएर ढकमक्क फुल्ने लालीगुराास टोड्केको अर्को बिशेषता हो । पर्यटन गुरुयोजना तयारी गरि टोड्के लगायत म्याग्दीका सम्भावनायुक्त पर्यटकीय स्थलहरुमा पुर्वाधार, सुबिधा विस्तार र प्रचारप्रसारका लागि पहल भैरहेको सांसद नवराज शर्माले बताउनुभयो । प्राकृतिक रुपमा सुन्दर र आकर्षक टोड्केको धार्मीक महत्व पनि छ । प्युठानको स्वर्गद्धारी आश्रमको शाखा मानिने टोड्केमा स्वर्गद्धारीबाट आएका ऋषीहरुले तपस्या गरेको जनविश्वास छ । वि.स २०६५ मा प्रथम गुराास महोत्सव भएपछि टोड्के नयाा गन्तब्य स्थलको रुपमा विकसीत भएको थियो । टोड्के पुग्ने व्यवस्थित सडक र पदमार्ग, सुरक्षा, आवासको अभावले अपेक्षाकृत आन्तरीक तथा बाह्य पर्यटकको आगमन हुन नसकेको हो । प्राकृतिक र धार्मीक हिसावले मात्र नभई मगर समुदायको बसोबास रहेको टोड्के नजिककै वस्तीको मगर सांस्कृति पनि थप आकर्षणका रुपमा रहेको छ । टोड््केको पर्यटन विकासका लागि ग्रामिण पर्यटनको माध्यमबाट स्थानीय बासीन्दाको आयआर्जन वृद्धि र जीवनस्तर सुधार ल्याउने योजनाको आवश्यकता छ । तीन घरपरिवारको बसोबास रहेको टोड्केमा होमस्टे अथवा सामुदायीक लज र त्यहाा सम्म पुग्ने ब्यवस्थित पदमार्ग तथा सडकको सुबिधा भएमा पर्यटक भित्र्याउन सकिने सम्भावना देखिन्छ ।

तपाईको प्रतिक्रिया