बेनी–देउराली सडकको स्तरवृद्धी, साँढे दुई करोड खर्च

म्याग्दी–कार्तिक । म्याग्दीको सदरमुकाम बेनीदेखि अर्थुङ्गे जोड्ने बेनी–देउराली सडकको साढे दुई करोड रुपैयाँको लगानीमा स्तरोन्नती सम्पन्न भएको छ । जिविस मातहतको विकेन्द्रित ग्रामिण पूर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) परियोजना अन्तर्गत दुई करोड ४७ लाख ८२ हजार रुपैयाँको लागतमा ३ किलोमिटर १८० मिटर सडकको स्तरवृद्धी पुरा गरिएको हो । चार सय मिटर सडक पिसीसी, आरसीसी ढलान गर्नुका साथ

नेपाल विश्वकै उत्कृट पर्यटक गन्तब्यको सूचीमा

काठमाडौं–कार्तिक । नेपाल विश्वमै घुम्नै पर्ने १० देशको सूचीमा परेको छ । संसारकै सबैभन्दा बढि विश्वास गरिएको गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको लोन्ली प्लानेटले तयार पारेको सन् २०१७ मा भ्रमण गर्नैपर्ने संसारका उत्कृष्ट १० देशको सूचीमा नेपाल पाँचौ नम्बरमा परेको हो । यो सूचीमा दक्षिण एसियाबाट नेपालमात्र परेको छ भने सूचीअनुसार समग्र एसियाबाट नेपाल पहिलो नम्बरमा रहेको छ । त्यस्तै, लोन्ली प्

पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक बढे

कार्तिक–बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यकट बढ्न थालेका छन् । पछिल्लो समय निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटकको आउनेक्रम बढेको हो । निकुञ्जमा पर्यटक बढ्न थालेपछि व्यवसायी पनि उत्साहित देखिएका छन् । दशैपछि विद्यालय तथा कलेज भ्रमणक्रममा निकुञ्ज घुम्न आउनेहरूपनि बढेको त्यहाँका व्यवसायी बताउँछन् । निकुञ्जमा अमेरिका, यूरोप र अष्ट्रेलियाबाट आउने विदेशी पर्यटक पनि बढेका हुन् ।

डेनमार्कमा गुड्ने बसहरूमा नेपालका पोष्टर

कार्तिक । डेनमार्कको राजधानी कोपेनहेगनमा गुड्ने बसहरुमा नेपालका विभिन्न पर्यटकीय र धार्मिक स्थलहरुको तस्बिर राखिएको छ । नेपालको पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले नेपाली दुतावास डेनमार्कले कोपनहेगनमा गुड्ने सिटी बसमा पोस्टर राखेको हो । डेनमार्कका लागि कार्यवाहक राजदूत रामकाजी खड्काका अनुसार पाटन दरबार स्क्यायर, सगरमाथा, पोखरा, लुम्बिनी र चितवन लगायतका पर्यटकीय ठाउँहरूका  जानकारी दिने पोष्टर टाँसिएक

१६ लाख पर्यटक नेपाल भित्राउने एनआरएनको घोषणा

काठमाडौं– गैरआवसीय नेपाल संघ (एनआरएनए) ले सन् २०१७ सम्म १६ लाख विदेशी पर्यटक नेपाल भित्राउने घोषणा गरेको छ । नेपाल सरकार र एनआरएनएबीच गत वर्ष सम्झौता भएको ‘अतिथि देवो भव’ प्रवद्र्धन कार्यक्रमको कार्ययोजना प्रस्तुत गर्दै संघले सन् २०१७ को अन्त्यसम्म नेपालमा १६ लाख पर्यटक भित्र्याउने योजना सार्वजनिक गरेको हो । अतिथि देवो भव कार्यक्रममा एक व्याक्तिले ३ साथी नेपाल घुम्न पठाउने अभियान सुरु गर्न लागेको

पोखरामा पर्यटकको चहलपहल अझै बढ्न सकेन

पोखरा–विगतका बर्षमाहरूमा पर्यटकले खचाखच भरिने पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा यस बर्ष सिजन लागि सक्दा समेत पर्यटक बाक्लो उपस्थिति छैन । गत बर्षको विनाशकारी भूकम्पदेखि नै पोखराको पर्यटन क्षेत्रले पहिलाको जस्तो गति लिन सकेको छैन । यस बर्ष पोखरामा यूरोप, अमेरिका, अष्ट्रेलिया लगायतका देशबाट आउने पर्यटकको कमी देखिन्छ । चाइनिज पर्यटकहरू भने आइ रहेको लेकसाइका पर्यटक व्यवसायीले बताएका छन् । लेकसाइडको

सम्पदा पुननिर्माणको काम कछुवा गतिमा

काठमाडौं–असोज १ । नेपालको पहिचानसँग जोडिएका ऐतिहासिक तथा पुरातात्वीक सम्पदाहरु पुनर्निर्माणको काम सुस्त भएको छ । ५ वर्षभित्रमा मुलुकका सवै सम्पदाहरु  पुननिर्माण गरिसक्ने बताएको सरकारले काममा ढिलाइ गर्दा अपेक्षा अनुरुप काम सम्पन्न गर्नेमा आशंका बढेको बसन्तपु क्षेत्रका स्थानीय समाजसेवी गणपति लाल श्रेष्ठले बताउनुभयो । सम्पदा पुनर्निमाणको जिम्मेवारी लिएको पुरातत्व विभागले भने अर्थमन्त्रालयबाट समयमै बज

कालीकोट विमानस्थल निर्माण एक वर्षमा सक्न मन्त्री शाहीको निर्देशन

कालीकोट–भदौ १८ । पर्यटनमन्त्री जीवनबहादुर शाहीले कालीकोट कोटबारामा निर्माणाधिन विमानस्थल आफ्नै कार्यकालमा पुरा गर्ने बताउनुभएको छ ।कालीकोटको कोटबारामा बिक्रम सम्बत् २०४३ सालदेखि निर्माणको काम शुरु भई अझसम्म निर्माण पुरा नभएको एयरपोर्ट ३० वर्षपछि मन्त्री शाहीले आफ्नै कार्यकालमा सञ्चालनमा ल्याउने दाबी गर्नुभएको हो । विमानस्थलको निरीक्षण गर्दै मन्त्री शाहीले समग्र कर्णलीको विकाससँगै कालीकोटमा अबरुद्ध

अन्य सवारीले पर्यटक बोके कारवाही गरिने

काठमाडौं–भदौ १८ । यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले पर्यटक सवारी बाहेक निजी सवारीले पर्यटक बोकेमा कारबाही गरिने चेतावनी दिनुभएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटक सवारीले मात्र बोक्न पाउने विभागका महानिर्देशक श्रेष्ठले बताउनुभएको हो । पर्यटक गाडीले आम नेपालीलाई भन्दा पनि नेपाली पर्यटकलाई बोक्न सक्ने उहाँले बताउनुभयो । पर्यटक बोक्ने हरियो नम्बर प्लेटका गाडीको अभावका कार

सुर्खेत एयरपोर्टमा आधुनिक धमकल ल्याइयो

भदौ १६ । सुर्खेत विमानस्थलमा अत्याधुनिक प्रविधि जडित अग्नि नियन्त्रक यन्त्र (दमकल) ल्याइएको छ । नेपाल नागरिक उड््ययन प्राधिकरणले विमानस्थल सञ्चालन भएको पाँच दशकपछि पहिलोपटक आगलागिका घटना नियन्त्रण गर्ने दमकल उपलब्ध गराएको हो । विमानस्थलका प्रमुख विनोदकुमार पन्तले विमानस्थल सञ्चालनमा आएको ५२ वर्षपछि पोर्टेवल टाईप अल्ट्रा हाई प्रेसर फायर भेहिकल पहिलो पटक आएको जानकारी दिनु भयो । विमानस्थलमा हुन सक्न