झापा–२५ चैत । त्रिभुवन आर्मी क्लब प्रथम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । झापाको डोमालाल रंगशालामा बिहिबार भएको सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई एक–शून्य गोलअन्तरले पराजित गर्दै आर्मीे फाइनलमा पुगेको हो । खेलको ११ औं मिनेटमा अमित तामाङले गोल गरी आर्मीलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म एक–शून्य गोलअन्तरले पछि परेको मनाङले दोस्रो हाफमा थुप्रै गोल गर्ने अवसर पाए पनि स
खेलकुद
मनाङ मस्र्याङ्दी झापा गोल्डकपको सेमिफाइनलमा
झापा–चैत २३ । रुपन्देही–११ लाई पराजित गरेसँगै मनाङ मस्र्याङ्दी क्लब प्रथम झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल रंगशालामा जारी प्रतियोगिताअन्तर्गत मंगलबारको क्वाटरफाइनलमा रूपन्देही एघारलाई ४–१ गोलअन्तरले पराजित गर्दै मनाङ सेमिफाइलनमा प्रवेश गरेको हो । मनाङले पहिलो हाफमै २ गोलको अग्रता लिएको थियो । पहिलो हाफको ३३ औं मिनेटमा मनाङका विदेशी खेलाडी सिस्स
आर्मीलाई सफलता
बुटवल–चैत २३ । विभागीय टोली त्रिभुवन आर्मी क्लब बुटवलमा जारी सीपीएन यूएमएल प्रेसिडेण्ट कप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा विजयी भएको छ । आर्मीले फर्साटिकर फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । २९ औं मिनेटमा आर्मीका राजु गुरुङले गोल गर्दै अग्रता दिलाए । ३३ औं मिनेटमा फुर्वा तामाङले गोल गर्दै आर्मीको अग्रता दोब्बर गरेका थिए । दोस्रो हाफमा फर्साटिकर फुटबल क्लबका
तेक्वान्दो खेलाडीलाई सम्मान
काठमाडौं–२२ चैत । १२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा अन्तर्गत तेक्वान्दो खेलमा पदक जित्न सफल खेलाडी सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघले काठमाडौमा कार्यक्रम गरी भारतमा सम्पन्न दक्षिण एशियाली खेलकुद सागमा तेक्वान्दो तर्फ बिभिन्न तौल समुहमा पदक जित्न सफल खेलाडीलाइ नगद सहित सम्मान गरेको हो । नेपालको लागि बिर बहादुर महराले ६३ केजी मुनि, सक्षम कार्कीले ८० केजी मुनि, रेजिना कार्कीले ४६ के
टी–२० बिश्वकपको टिम अफ द टुर्नामेन्ट घोषण
काठमाडौं–चैत । अन्तराष्ट्रिय क्रिकेट परिषद आइसिसिले भारतमा सम्पन्न टी–२० बिश्वकपमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाइ समेटेर पुरुष तथा महिलाको टिम अफ द टुर्नामेन्ट घोषण गरेको छ । आइसिसिले आज सार्वजनिक गरेको पुरुष टिमको कप्तानको जिम्मेवारी भारतीय क्रिकेटर बिराट कोहलीलाइ दिएको छ । भारतको तर्फबाट कोहलीसंगै बलर आशिष नेहरा पर्न सफल भएका भन् । पुर्व क्रिकेट खेलाडी तथा क्रिकेट कमेन्टेटरको छनौट कमिटीले छन
कस्को पोल्टामा पर्ला ट्वान्टी–ट्वान्टी विश्वकपको उपाधि
चैत २० । ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको छैठौ संस्करणको उपाधि कुन राष्ट्रले जित्ला सबैको चासोको विषय बनेको छ यतिबेला । गत फागुन २५ गते सुरु भएको विश्वकपको यात्रामा फाइलनसम्म आइपुग्दा निकै रोचक र विश्व कीर्तिमान पनि कायम भएका छन् । फाइनल यात्रा तय गर्दा वेष्ट इन्डिजले बलिया राष्ट्रलाई पराजित गर्यो भने एसोसिएट राष्ट्रसंग नमिठो हार ब्यहोरेको थियो । सुपर टेनअन्तर्गत पहिलो खेलमा इंग्ल्
झापा गोल्डकप शुरू
चैत १८ । मौफसलकै सर्वाधिक पुरस्कार राशीको प्रथम झापा गोल्ड कप फुटबल प्रतियोगिता आज झापाको विर्तामोडमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा झापा–एघारले साङ्ली डीएफए महाराष्ट्र भारतलाई ९–० गोलअन्तरले पराजित गरेको छ । डोमालाल रङ्गशालामा भएको खेलमा झापालाई फराकिलो गोलअन्तरले विजयी गराउन कर्ण लिम्बूले ५ गोल गरेका थिए । खेलको तेस्रो मिनेटमा झापाका सुमिन मैनालीले गोल गर्दै सुरुवाती अगैता दिलाएका थिए
विराट बने विश्वकै उत्कृष्ट खेलाडी
चैत १६ । अष्ट्रेलियासँग टी–२० विश्वकपमा शानदार प्रदर्शन गरेका विराट कोहलीले विश्वको नम्बर वन ब्याट्सम्यान बनेका छन् । भारतलाई सेमिफाइनलसम्म लैजान विराटले महत्वपूर्ण भूमिका खेलेका छन् । चार खेलमा उनले ९२ को औसतमा १ सय ८४ रन बनाए र आईसीसीले जारी गरेको नयाँ र्याङकिङमा विराट शीर्ष स्थानमा उक्लिएका छन् । शुरूमा हारबाट विश्वकप यात्रा सुरु गरेको भारत तीन खेल जित्दै सेमिफाइनलमा पुगेको छ । अब फाइनल प्रवेश
नेपाल र मलेसियावीचको खेल बराबरीमा
चैत १५ । नेपाल फुटबल टोली र मलेसियाको २२ वर्ष मुनिका टोलीबीचको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । टुएन्कु अब्दुल रहमान रंगशालामा नेपाल र मलेसियाबीच गएराति भएको मैत्रीपूर्ण खेल एक–एक गोलको बराबरीमा सकिएको हो । ग्युतुको कोजीको प्रशिक्षणमा रहेको नेपाली टिमले खेलको ३७ औं मिनेटमा भरत खवासको गोल मार्फत अग्रता बनाएको थियो । पहिलो हाफमा लिएको एक गोलको अग्रता जोगाउन नसक्दा नेपाली टिम मलेसियाको यु–२२
नेपालले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दै
चैत १४ । नेपाली फुटबल टोलीले आज मलेसियाको २२ वर्ष मुनिको टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ । नेपाल र मेलेसियावीचको खेल टुएन्कु अब्दुल रहमान रंगशालामा नेपाली समयअनुसार बेलुकी ६ बजेर ४५ मिनेट शुरू हुनेछ । ग्युटुको कोजीको प्रशिक्षणमा रहेको नेपालको यो पहिलो खेल समेत हो । नेपाली फुटबल टिममा गोलकिपरमा विकेश कुथु, किरण चेम्जोङ र विशाल राई रहेका छन् । त्यस्तै, डिफेन्डरमा विजय धिमाल, विराज महर्जन, देव