इङ्ल्याण्ड टी–ट्वान्टीको सेमिफाइनलमा

 चैत १४ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा इङ्ल्याण्ड प्रवेश गरेको छ । गएराति दिल्लीको फिरोज साह कोट्ला मैदानमा भएको खेलमा साविक विजेता श्रीलंकालाई १० रनले हराएर इंग्ल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको हो । एक सय ७२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ६१ रन बनायो । श्रीलंकाका कप्तान एन्जेलो म्याथ्युजले ५४ बलमा पांच छक्का र तीन

वेष्ट इन्डिज आईसीसी टी–ट्वान्टीको सेमिफाइनलामा

चैत १३ । वेष्ट इन्डिज आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको विद्रभा क्रिकेट एसोसिएसन रंगशालामा गएराति भएको खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै वेष्ट इन्डिज सेमिफाइनलमा प्रवेश गरेको हो । तीन खेल खेलेको वेष्ट इन्डिजले शतप्रतिशत नतिजा निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो । टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको

नेपाली फुटबल टोलीलाई विदाई

चैत १२ । मलेसियाको २२ वर्ष मुनिको टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने नेपाली फुटबल टोलीलाई बिदाइ गरिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ एन्फाले मलेसियासँग खेल्ने नेपाली राष्ट्रिय टोलीलाई बिदाइ गरेको हो । नेपालले मलेसियाको २२ वर्षमुनिको टोलीसँग आइतबार मैत्रीपूर्ण खेल खेल्दै छ । खेलाडीहरूलाई एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले खेलाडीलाई बिदाइ गरेका थिए

न्युजिल्याण्ड विश्वकप ट्वान्टी ट्वान्टीको फाइनलमा

चैत १० । पाकिस्तानलाई हराउँदै न्युजिल्याण्ड विश्वकप ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई २२ रनले हराउदै न्यजिल्याण्ड सेमिफाईनलमा प्रवेश गरेको हो ।  खेलमा पहिले व्याटिङ गरेको न्युजिल्याण्डले मार्टिन गप्टीलको ८० रनको मद्दतले १ सय ८० रन बनायो ।जवाफमा १ सय ८१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित  २० ओभरमा ५ विके

बार्सिलोना युरोपियन च्याम्पियन्स लिगकने क्वार्टरफाइनलमा

चैत,४ । साविक विजेता बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति घरेलु मैदान नाउ क्याम्पमा भएको लिगको दोस्रो लेग खेलमा इंलिस क्लब आर्सनललाई बार्सिलोनाले तीन–एक गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाले पहिलो लेग दुई–शून्यले जितेको थियो । पहिलो र दोस्रो लेग गरी समग्रमा आर्सनललाई ५–एक गोलअन्तरले पराजित गर्दै बार्सिलोना क्वार्टर फाइनलमा प्रवेश गरेक

आइसीसीले नेपाललाई राख्यो शर्त

चैत, ३ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत तेस्रो चरणको नेपाल र नामिवियाबीचको खेल टियू मैदानमा खेलाउन शर्त अघि सारेको छ । नेपाल र नामिबियावीच आगामी वैशाख ४ र ६ मा कीर्तिपुरस्थित टियू मैदानमा खेल आयोजना गर्नका लागि आईसीसीले नेपालमाथि दुई सर्त अघि सारेको हो । बुधबार एक बिज्ञप्ति जारी गर्दै आइसीसीले मैदानको अबस्था र खेलाडी सुरक्षाको आश्वशन दिन सके मात्र

न्युजिल्याण्डको विजयी सुरुवात

चैत २ । भारतमा जारी आईसीसी टी–२० वल्र्डकप क्रिकेट अन्तर्गत दोस्रो चरणको खेलमा न्युजिल्याण्डले विजयी सुरुवात गरेको छ । सुपर टेन अन्तर्गत गएराति नागपुरमा भएको खेलमा न्युजिल्याण्डले घरेलु टोली भारतलाई ४७ रनले हराएको हो । सुपर टेन अन्तर्गत समूह ‘दुई’ को खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको एक सय २७ रनको लक्ष्य पछ्याएको भारत १८ दशमलव १ ओभरमा मात्रै ७९ रन बनाउंदा अल आउट भयो । भारतका कप्तान महेन्द्रसिंह

क्योकुसिन करातेकी प्रशिक्षक सन्जु महर्जन सम्मानति

काठमाडौं–क्योकुसिन करातेकी प्रशिक्षक सन्जु महर्जन सम्मानति हुनुभएको छ । आइतबार काठमाडांै जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा प्रशिक्षक महर्जन सम्मानित हुनुभएको हो । लामो समयदेखि क्योकुसिन करातेकी प्रशिक्षको रूपमा रहनुभएकी महर्जनलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन गर्न आयोजित कार्यक्रममा प्रमाणपत्र सहित खादा ओडाएर सम्मान गरिएको हो । महर्जन यसअघि नेपाल सरकारद्वारा प्रतिभा

मलेसियासँग हुने मैत्रीपूर्ण खेलका लागि टोली घोषणा

काठमाडौं–चैत, १ ।  मलेसियासँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल कोच ग्योटुकी कोजीले४४ जना खेलाडीको प्रारम्भिक टोली घोषणा गरेका छन् । केही दिन अघि नेपाली फुटबल प्रशिक्षकको जिम्मा पाएका कोजीले छनोट भएका खेलाडीलाई मंगलबारदेखि बन्द प्रशिक्षणमा बोलाएका छन् । कोजीले साफ च्याम्पियनसिप, बंगबन्धु गोल्डकप, १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता र भरखरै सम्पन्न सिमरा गोल्ड कपका आधारमा खेलाडी छनोट गरे

सामाचार गलत भएको क्यानको ठहर

काठमाडौंं–फागुन २८ । केही दिनअघि प्रकाशित आईससी विश्व क्रिकेट लिग च्याम्पियनसिपको तेस्रो चरणअन्तर्गत नेपाल र नामिवियाबीचको खेल भारतको नोयडामा हुने समाचार सत्य नभएको भन्दै नेपाल क्रिकेट संघ क्यानले प्रेस विज्ञप्ति निकालेको छ । केही दिनअघि भारतीय अनलाइन र नेपाली अनलाइनमा प्रकासित समाचार सत्य नभएको भन्दै क्यानले विहीवार प्रेस विज्ञप्ति निकालेको हो । क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले आईसी