ओमन विरूद्ध नेपाललाई शुरूवातमै सफलता

काठमाडौं । नेपालले खेलको शुरूवातमै ओमनको २ विकेट लिएर सफलता हात पारेको छ । त्रि.वि. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ओमनलाई ब्याटिङ निम्तो दिएको नेपालले शुरूवातमै सहज वातावरण सृजना गरेको हो । ओमन विरूद्धको खेल जितेमा नेपाल समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गर्नेछ ।

आईसीसी टी–२० छनोट खेलमा नेपालको सानदार जित

काठमाडौं । नेपालले आईसीसी टी–२० छनोट खेलमा सानदार जित हासिल गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै सानदार सुरूवात गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ९ विकेट गुमाएर १४५ रन मात्र बनाउँदा नेपालले १६.३ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

पर्यटन प्रवर्द्धन गर्न मेची–महाकाली साइकलयात्रा

झापा, ११ कात्तिक : पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले आज बिहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् । मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य र नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले खादा र अबिर लगाएर यात्रीलाई बिदाइ गर्नुभयो । मकवानपुरको हिमालयन राइडर्स् सोसाइटीको आयोजनामा भएको साइकलयात्रामा निवृत्त निजामती कर

टि २० त्रिकोणात्मक सिरिज : नेपाल यूएईसँग पराजित

त्रिणकोणत्मक सिरिज टि २० को अन्तिम तथा फाइनल खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको छ । उपाधिका लागि नेपालले प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर पूरा गरी उपाधि जितको हो ।

नेपालद्वारा यूएईलाई १६३ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टि २० खेल अन्र्तगतको अन्तिम खेलमा नेपालले यूएईलाई १ सय ६३ रनको लक्ष्य दिएमो छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सबै ओभर खेल्दा ८ विकेट गुमाएर यो लक्ष्य प्रस्तुत गरेको हो । आजको खेलमा कुशल भूर्तेलले अर्धशतक बनाए ।

टी ट्वाटी क्रिकेट : नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै

काठमाडौँ, १० कात्तिक । त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय सिरिजअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको फाइनल खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भएको टसमा युएईका कप्तान मुहम्मद वासिमले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यससँगै अब नेपाललले पहिला ब्याटिङ गर्ने भएको छ । नेपाल युएईमाथि ह्याट्रिक जित निकाल्ने दाउका साथ मैदानमा उत्रँदैछ । यसअघि भएको लिगको खे

एसिसी प्रिमियर कप क्रिकेट : नेपालद्वारा साउदी अरेयिबा फराकिलो अन्तरले पराजित

काठमाडौँ, २ कात्तिक  : एसिसी उन्नाईस वर्षमुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । मलेसियाको युएसडी–युकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा साउदी अरब १९ दशमवल १ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमा समेटियो । यो जितसँगै नेपाल समूह ‘ए’को विजेता हुँदै सेमिफाइनलमा प्र

नेपाली क्रिकेटमा एकपछि अर्को सफलता, नेपालद्वारा हङकङ पराजित

काठमाडौँ, २ कात्तिक  : राजधानीमा जारी त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट सिरिजमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । हङकङले प्रस्तुत गरेको ९५ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो जितसँगै नेपालले जारी प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो । ने

त्रिकोणात्मक टि २० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल विजयी

काठमाडौँ, १ कात्तिक  : त्रिकोणात्मक टि २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेटस युएईलाई सात विकेटले पराजित गर्दै विजयी भएको छ । युएईले नेपाललाई जितको लागि एक सय ४१ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा नेपालले १८ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ४० बल खेल्दै प

विश्वकप क्रिकेट ः इङ्ग्ल्यान्डसामु २८५ रनको लक्ष्य

काठमाडौँ, २८ असोज । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा अफगानिस्तानले साविक विजेता इङ्ग्ल्यान्डसामु जितका लागि दुई सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा आज टस हारेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८४ रनको योगफल बनायो । क्रिकेट सम्बन्धिको वेभसाइट इएसपीएन क्रिकइन्फो डट कमका अनुसार अफगानिस्तानका