सुर्खेत, २३ कात्तिक : जाजरकोट भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिइएको छ । विशेष गरी भूकम्पको त्रासमा रहेका महिला तथा बालबालिकामा मनोसामाजिक समस्या देखिन सक्ने भएकाले त्यसतर्फ ध्यान दिन मनोविद्ले सुझाव दिएका छन् । भूकम्प प्रभावित क्षेत्रमा नागरिक मानसिकरुपमा विक्षिप्त रहेको उल्लेख गर्दै कर्णाली प्रदेश अस्पतालमा कार्यरत मनोविद् पूर्ण रावतले सरकारल
स्वास्थ्य
स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भएका छन् : मन्त्री बस्नेत
ललितपुर, २२ कार्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले १६ वर्षदेखि पास हुन नसकेका स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भइसकेको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ‘सुआहारा बहुक्षेत्रीय पोषण कार्यक्रम’अन्तर्गत दोस्रो चरणको सिकाइ तथा उपलब्धिको समीक्षा कार्यक्रममा उहाँले आफू स्वास्थ्यमन्त्री भएर आएपछि स्वास्थ्य क्षेत्रको सुधारका लागि गरेको प्रयासबारे जानकार
भवन क्षतिग्रस्त भएपछि खुल्ला चौरमा स्वास्थ्य सेवा
जाजरकोट, १९ कात्तिक : भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका स्वास्थ्य संस्थाको भौतिक संरचनमा क्षति पुगेपछि यतिबेला खुला चौरमा सेवा सुरु गरिएको छ । दश शय्याको अस्पतालको रुपमा विकास भएको लिम्सास्थित स्वास्थ्य संस्थाको भवन भूकम्पका कारण भत्किएपछि खुला स्थानमा सेवा सुरु गरिएको हो । गाउँपालिकाको आधाभूत स्वास्थ्य तथा सरसफाइ सेवा समेत खुल्ला चौरमै दिनुपरेको वरिष्ठ अनमी कल्पना रोकायले बताउनुभयो । भूक
भूकम्पका घाइतेका लागि रगत सङ्कलन
बाँके १८ कात्तिक : जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि रगत सङ्कलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र बाँकेमा हालसम्म ४३ जनाले रक्तदान गरेका छन् । बिरामीलाई रगतको अभाव हुन नदिनका लागि रगत सङ्कलन गरिएको रक्त सञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो । उहाँका अनुुसार हालसम्म ४३ जनाले रक्तदान गरेका छन् । घाइते बिर
स्वास्थ्यकर्मीसँगै प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १६ जनाकाे मेडिकल टिमसहित आवश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रमा पुग्नु भएको छ । प्रभावितको उद्धार, उपचार र राहतका लागि माओवादी नेता जनार्दन शर्मा र शक्ति बस्नेत टाेली प्रभावित श्रेत्रमा पुगेकाे हाे ।
विषाक्त धुवाँका कारण नयाँदिल्लीमा विद्यालय बन्द
विषाक्त धुवाँका कारण भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार विद्यालय बन्द गरिएको छ । विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको छ । किसानले जलाएको परालको धुवाँ, सवारी साधनबाट निस्कने धुवाँ र कारखानाको उत्सर्जनले हरेक जाडोयाममा राजधानी नयाँदिल्लीलाई घातक धुवाँले ढाक्छ । अनुगमन गर्ने संस्था आइक्यूएयरका अनुसार शुक्रबार सबैभन्दा खतरनाक पिएम२।५ कणहरूको स्तर विश्व स्वास्थ्
निरन्तर क्यान्सर सचेतनामा नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर
ललितपुर । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लिमिटेडले क्यान्सर सचेतनाका लागि विगत बर्ष जस्तै यस बर्षपनि दीप प्रज्ज्वलन गरेको छ । हरेक बर्षको अक्टोबरलाई स्तन क्यान्सर विरूद्धको महिनाको रूपमा मनाइन्छ । सोही अनुरूप हस्पिटलले ‘पिंक क्यान्डल लाइट इभेन्ट’ को आयोजना गरेको हो । उपचारका लागि सहयोगी हातहरु तथा नेपाल क्यान्सर सपोर्ट गु्रपको समेत सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार
आज विश्व पक्षाघात दिवस
काठमाडौँ, १२ कात्तिक : हामी सबै मिलेर काम गर्यौँ भने पक्षाघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ आज विश्व पक्षाघात दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन पक्षाघात दिवस मनाइने गरिन्छ । एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको पक्षाघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमन
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था सामान्य
बेइजिङ, २ कात्तिक : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालले आज दिउँसो एक सूचना जारी गर्दै उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको हो । “उहाँ पूर्ण होसमा हुनुहुन्छ, स्वास्थ्यमा सुधार भइरहेको महत्वपूर्ण सङ्केत देखिएको छ”, अस्पतालद्वारा जारी सूचनामा भनिएको छ । उपप्रधानमन्त्री श्रेष्ठलाई निगरानीक
मानसिक रोग भएकाहरुको हेटौँडा अस्पतालमा उपचार सुरू
मकवानपुर, १ कात्तिक : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको ओपिडी कक्षबाट अब मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई उपचार सेवा दिन सुरु गरिएको छ । अस्पतालले तीन दिनअघि देखि उक्त रोगका बिरामीलाई उपचार सेवा दिन थालिएको हो । हेटौँडा अस्पतालमा अहिले मकवानपुरका विभिन्न भेगबाट मनोरोगका बिरामी दैनिक ३० देखि ३५ जना उपचारका लागि आउने गरेका छन् । ती बिरामीहरुलाई सम्बन्धित चिकित्सकले स्