काठमाडौं–चैत १८ । ललितपुरको चापागाउँ प्रहरीले डिजलको अवैध किनबेचको आशंकामा पक्राउ परेका चार जनालाई कालोबजारी ऐनअन्तर्गत मुद्दा दर्ता गरी छानबिन अघि बढाएको छ । तीन हजार लिटर डिजलसहित मंगलवार साँझ पक्राउ परेका ना. २ ख ६६९८ ट्याङ्करका चालक थाहा नगरपालिका मकवानपुरका रामकुमार थोक र खरिदमा संलग्न बज्रबाहारी नगरपालिकाका रामकुमार बस्नेतलाई कालोबजारी ऐनअन्तर्गत म्याद थप गरी चापागाउँ बृत्तले छानबिन सुरु गरे
समाचार
कछुवा गतिमा पूर्ननिर्माणको काम
काडमाडौं–चैत १८ । विनाशकारी भूकम्प गएको बर्ष दिन बित्न लाग्दासमेत भूकम्पपछि गर्नुपर्ने पूर्ननिर्माणको कामले गति लिन सकेको छैन । शुरूमा प्राधिकरण गठन र त्यसको सिइओ नियुक्ति गर्ने विषयमा लामो विवाद भएपछि पूर्ननिर्माणको कामले गति लिन सकेको थिएन । लामो समयपछि बल्ल बल्ल प्राधिकरण गठन भएर सिइओ नियुक्त भएपनि त्यसले प्रभावकारी काम गर्न नसक्दा भूकम्पपीडित झन् समस्या परेका छन् । गत माघ महिनामै प्रधानमन्त्
पोखरामा ठूलो असिना पानी
शारदा भण्डारी, कास्की–चैत १७ । पोखरामा आज दिउँसो ठूलो असिना पानी परेको छ । असिना पानीबाट कृषकको गहुँ बालिमा असर परेको छ भने बोट विरूवाका पात समेत झरेका छन् । असिनाबाट सर्वसाधारणको दैनिक काम र यातयतात समेत प्रभावित भएको छ ।
त्रिपाल उडाएपछि भूकम्प प्रभावितको बिजोग
काठमाडौं–१७ चैत । वैशाख १२ को विनाशकारी भूकम्प का कारण विस्थापित भएर अस्थायी शिविरमा बस्दै आएका अधिकांश भूकम्प पीडित अहिले बिचल्नीमा परेका छन् । सोमवार साँझकोे भीषण हावाहुरीले अस्थायी बास उडाएपछि भूकम्प पीडितको बसाई झन कष्टकर बन्न थालेको हो । बाँसको भाटा जेनतेन त्रिपाल बेरेर बस्दै आएका सर्वसाधारण हावाहुरीले ओत लाग्ने दुःखको छाप्रो उडाएपछि निराश र चिन्तित बन्न थालेका छन् । टहरामा राखेका कपडा र खाद्
सरकार कमजोर बन्दा जनताले दुख पाए : भट्टराई
बाँके–१७, चैत। नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइले वर्तमान सरकार गैर जिम्मेवार, निरिह र शक्तिहिन बन्दा जनताले दुःख पाएको आरोप लगाउनु भएको छ । नेपालगन्जमा बुधबार पत्रकार सम्मेलन गरि नयाँ शक्ति अभियान नेपालका संयोजक भट्टराईले देशमा नाकाबन्दी हटिसक्दापनि कालोवजारी, भ्रष्टाचार कायमै रहनु सरकारको नालायकिपन भएको भन्दै सरकारको आलोचना गर्नुभएको हो । उहाँले भुकम्पको एक बर्ष वितिसक्दा समेत सरका
एमाले विभागलाई पूर्णता दिन १८ सदस्यको नाम प्रस्तुत
काठमाडौं, चैत–१७ । नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीको १८ विभागमा सदस्य नियुक्तिका विषयमा छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा लामो समयदेखि रिक्त रेहेका विभागहरुलाई पूर्णता दिने विषयमा छलफल भएको हो । बैठकमा विभागलाई पूर्णता दिन १८ सदस्यको नामा प्रस्तुत गरिएको छ । यसअघि मंगलबार बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नो चीन भ्रमणमा भएका उपलव्धी बा
काष्ठमण्डप पुनःनिर्माणमा अझै तीन बर्ष लाग्ने
काठमाडौं चैत–१७ । काठमाडौं महानगरपालिकाले काठमाडौंको महत्वपूर्ण तथा पुरातात्विक ऐतिहासिक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण पुरा गर्न तीन वर्ष लाग्ने बताएको छ । काष्ठमण्डप पुनर्निर्माणको जिम्मेवारी पाएको काठमाडौं महानरपालिकाले छिटो गतिमा काम गर्दा समेत पुनःनिर्माण पुरा गर्न तीन वर्ष लाग्ने जनकारि दिएको हो ।पर्यटकीय महत्वको सम्पदा समेत मानिने काष्ठमण्डप बनाउन झण्डै २१ करोड रुपैयाँ लाग्ने अनु
सञ्चार उद्यमी सिंघानिया हत्याका योजनाकार पक्राऊ
धनुषा,१७ चैत । सञ्चार उद्यमी अरुण सिंघानीयाको हत्याको योजना बनाउने मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । सिंघानीयाको हत्या अभियोग लागेका चन्द्रदीप यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले वकील टोलबाट पक्राउ गरेको हो । उनीसँगै यादवकी प्रेमिका कल्याणी देवी यादवलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादवले भारतको जयनगरमा बसेर नेपालमा अपराधिक गतिविधि चलाउँदै आएको प्रहरीको दाबी छ । यादव
वाणिज्य विभाग प्रभावकारी अनुगमन खै ?
काठमाडौं–चैत १६ । दैनिक उपभोग्य सामानमा मनलाग्दी मूल्य राखेर उपभोक्ता ठग्नेदेखि गुणस्तरमा ठग्ने व्यापारी पनि बजारमा छ्याप्छ्याप्ती छन् । अनुगमन भए पनि बद्मासी गर्नेलाई कारवाही हुन नसक्दा कालोबजारी मौलाएको छ । पैसाको क्रयक्षमता हरेक वर्ष कमजोर बन्दै गएको छ । सामान्यतया माग र आपूर्तिको सन्तुलन मिलेन भने मुद्रास्फिती बढ्दछ । हुन त मुद्रास्फिती बढ्नुको धेरै कारण मध्ये व्यापारीले गर्ने कालोबजारी पनि एक
वैज्ञानिक सम्मेलन काठमाडौंमा
काठमाडौं–चैत १६ । सातौं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन काठमाडौमा आजदेखि सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान द्वारा आयोजित सम्मेलनमा दक्षिण एसियालीसहित विभिन्न १० मुलुकका वैज्ञानिकहरु सहभागी छन् । सम्मेलनमा करिब एक हजार जना वैज्ञानिक र प्राविधिकहरुको सहभागीता छ । तीन दिनसम्म चल्ने सम्मेलनमा ५६ वटा प्राविधिक सत्र सञ्चालन गरी ६ सय ८ वटा वैज्ञानिकरप्राविधिक कार्यपत्र प्रस