काठमाडौं–चैत १२ । ग्यास डिपोबाट तोकिएकोभन्दा बढी मूल्यमा ग्यास बिक्री गर्ने शुभ ग्यास ट्रेडर्स र रचना ग्यास ट्रेडर्सका सञ्चालक पक्राउ प्रहरीले पक्राउ गरेको छ । काठमाडांै बागबजार बस्ने शुभ ट्रेडर्सका सञ्चालक बाग्लुङ कााडेबाास–९ का रामप्रसाद कँडेल र बागबजार बस्ने रचना ट्रेडर्सका सञ्चालक देवनारायण तण्डुकारलाई प्रहरीले विहीबार पक्राउ गरेको हो ।
समाचार
सरकारको विकल्प खोज्नुपर्छ : पौडेल
काठमाडौ–चैत १२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले ओली सरकारको बिकल्प खोज्ने बेला भएको आएको बताउनुभएको छ । भक्तपुरमा आज रफत सञ्चार क्लबले गरेको साक्षत्कारमा नेता पौडेलले वर्तमान सरकार असफल भएको भन्दै सरकारको विकल्प खोज्नुपर्ने बताउनुभएको हो । पौडेलले नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएका कारणले पनि सरकारको नेतृत्वका लागि कांग्रेस नै अघि सर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्रीको चीन भ्रमण सफल भयो : प्रचण्ड
काठमाडौं–चैत १२ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको बताउनुभएको छ । शुक्रबार वीरगञ्जमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले ओलीको भारत भ्रमण सोचे अनुरूप सफल भएको बताउनुभयो । प्रचण्डले संविधान कार्यान्वयन र देशमा विद्यमान समस्या समाधानका लागि राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभयो । उहाँले मोहन वैद्य नेतृत्वको माओवादी लगायत
संविधान पूर्नलेखन हुनुपर्छ : यादव
काठमाडौं–चैत १२ । संधिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको फेरी पूर्नलेखन नभएसम्म हालको त।मई समस्या समाधान दाबि र्गाुभएको छ । काठमाडौमा आज भएको कार्यक्रममा अध्यक्ष यादवले संविधान संशोधनले मात्र समस्या समाधान नहुने भन्दै संविधान पुर्नलेखन गरेर सम्पूर्ण पक्षका अधिकार सुनिश्चित गरे मात्र समस्या समाधान हुने बताउनुभयो । यादवले चैत मसान्तसम्म समस्या समाधानको लागि गर्न सरकारसंग अवसर
बार एसोसिएसनको चुनावी तयारी पूरा
काठमाडौ–चैत ११ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको चुनावको तयारी पूरा भएको छ । एसोसिएसनको निर्वाचन समितिले काठमाडौंमा आज पत्रकार सम्मेलन गरी निवार्चनको तयारी पूरा भएको जानकारी दिएको हो । आगामी २० गते हुने चुनावका लागि अध्यक्षमा चार, उपाध्यक्षमा दुई, महासचिवमा ६ र कोषाध्यक्षमा चार जना प्रतिष्पर्धी छन् । त्यस्तै, मध्यमाञ्चल उपाध्यक्ष काठमाडौं उपत्यकाका लागि चार, पश्चिमाञ्चल उपाध्य
साझा यातायातले थप ३० बस थप्ने
काठमाडौं–चैत ११ । साझा यातायातले काठमाडौं उपत्यकामा अपांगमैत्री र युरो ३ गुणस्तरयुक्त थप ३० वटा बस थप्ने भएको छ । नयाँ बसहरुमा काठमाडौं महानगरपालिकाको १० करोडको सेयर लगानी रहने छ । ति बसहरुको खरिदबारे बिहीबार साझा यातासात र भारतीय कम्पनीसँग सम्झौता भइसकेको छ । ४० सिट क्षमताको बसमा २५ वटा ह्यांगर पनि राखिने छ । बसमा मनोरञ्जनका लागि टिभी जडान गरिनेछ भने सुरक्षाका लागि सीसी क्यामारा पनि जोडिनेछ ।
प्रधानमात्री ओलीद्वारा माओत्सेतुङ्गको पार्थिव शरीरमा श्रद्धाञ्जली
चैत १० । मित्रराष्ट्र चीनको भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेइजिङ्ग स्थित तियानमेन स्क्वायरमा राखिएको जनबादी गणतन्त्रका अध्यक्ष माओत्सेतुङ्गको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । यसअघि प्रधानमन्त्री ओलीले स्क्वायरमा रहेको चिनिया वीर शहिदहरुको स्मारक स्तम्भमा पुष्पगुच्छा चढाउनु भएको थियो । ।
न्युजिल्याण्ड विश्वकप ट्वान्टी ट्वान्टीको फाइनलमा
चैत १० । पाकिस्तानलाई हराउँदै न्युजिल्याण्ड विश्वकप ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई २२ रनले हराउदै न्यजिल्याण्ड सेमिफाईनलमा प्रवेश गरेको हो । खेलमा पहिले व्याटिङ गरेको न्युजिल्याण्डले मार्टिन गप्टीलको ८० रनको मद्दतले १ सय ८० रन बनायो ।जवाफमा १ सय ८१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विके
नेपाल सरकारद्वारा ब्रसेल्स घटनाको भत्सना
काठमाडौं–चैत १० । नेपाल सरकारले बेल्जियमको राजधानी ब्रसेल्समा मंगलबार भएको बम विस्फोटको भ्रत्सना गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार जारी गरी घटनाको भत्सना गरेको हो । जारी विज्ञप्तिमा जुनसुकै प्रकारको आतंकवादको नेपालले भ्रत्सना गर्ने उल्लेख छ । साथै विज्ञप्तिमा मृतकप्रति समवेदना र बेल्जियमका जनताले भोग्नुपरेको दु:खमा सहानुभूति ब्यक्त पनि गरिएको छ ।
आयो चीन र नेपालको संयुक्त प्रेस विज्ञप्ति
चैत १० । नेपाल र चीनले १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममा बुधबार १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरिएको हो । विज्ञप्तिमा दुई देशले एक अर्को देशका स्वतन्त्रता, स्वाधिनता र भौगोलिक अखण्डतालाई सम्मान गर्दै चासो र हितलाई सम्बाधेन गर्ने उल्लेख गरिएको छ । त्यस्तै, विज्ञप्तिमा चीन र नेपालबीचको सम्वन्ध थप उचाईमा पुगेको दुई देशको दाबि गरिएको छ