गठ्ठाघरमा बस दुर्घटना, तीन यात्रु घाइते

काठमाडौं– ९ चैत । भक्तपुरको गठ्ठाघरमा मंगलबार साँझ बस दुर्घटनामा परि तीनजना घाइते भएका छन् । काठमाडौंबाट भक्तपुर जाँदै गरेको बा ३ ख ७९२७ नम्बरको अरनिको यातायातको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइते तीनै जनाको उपचार गठ्ठाघरस्थित नागरिक अस्पताल भइरहेको छ ।

मन्त्री क्वाटरमा खस्यो ड्रोन क्यामेरा, अनुसन्धान जारी

काठमाडौं–९ चैत । स्वास्थ्यमन्त्री रामजनम चौधरीको पुल्चोकस्थित क्वाटरमा मंगलबार साँझ ड्रोन क्यामेरा खसेको छ । उड्दै आएको ड्रोन क्यामेरा रुखमा ठोक्किएर साँझ मन्त्री क्वाटर अगाडि खसेको बताइएको छ । अहिले ड्रोन क्यामेरालाई ललितपुर प्रहरीले आफ्नो नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेको छ । मन्त्री क्वाटरको तस्वीर र भिडियो खिच्न ड्रोन क्यामेरा उडाएको हुन सक्ने आशंका प्रहरीको भएपनि तथ्यसम्म पुग्न सकेको छै

नेपाल कहिल्यै एक चीन नीति बिरुद्ध जादैन : प्रधानमन्त्री ओली

काठमाडौं–९, चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कहिल्यै पनि एक चीन नीति बिरुद्ध नजाने विश्वास दिलाउनुभएको छ । चीनको बेइजिङस्थित रेनमिन विश्वविद्यालयद्वारा मंगलबार आयोजित ‘दुई मुलुकबीचको सम्बन्ध विषयको गोष्ठीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सार्वभौम समानता, अहस्तक्षेप र एकअर्काको संवेदनशीलताप्रतिको आदरबाट दुई देशको मित्रता मुलुकको स्थिर रहने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले चीन न

आइएसले लियो ब्रसेल्स विष्फोटको जिम्मा, संकास्पद दुई व्यक्तिको तस्वीर सार्बजनिक

काठमाडौं–९, चैत । बेल्जियमको राजधानी ब्रसेल्समा भएको श्रृंखलाबद्ध बम विष्फोटको जिम्मा इस्लामिक अतिवादी संगठन आइएसले लिएको छ । अझ बम विष्फोट गराउने संदिग्ध दुई व्यक्तिको तस्वीर समेत सार्बजनिक गरिएको छ । बम विष्फोटमा संलग्न भन्दै सार्वजनिक गरिनेमा नाजिम लाचराउ र मोहम्मद अबरिनी छन् । उनीहरु पेरिस आक्रमणमा समेत संलग्न रहेको बताइएको छ । विष्फोटमा परि हालसम्म २६ जनाको मृत्यु भएको  र ३५ जना घाइते भएको स

विगतका बर्ष भन्दा सुरक्षित र मर्यादित भयो होली : प्रहरी

काठमाडौं, ९ चैत । अघिल्लो वर्षको तुलनामा यो बर्षको होली सुरक्षित र मर्यादित देखिएको प्रहरीले जनाएको छ । छतमा बसेर लोला हान्नेहरु निकै कम देखिएको र विगतको तुलनामा विकृती निकै कम भएको प्रहरी दाबी छ । रातिमा मादकपदार्थ सेवन गरेर सवारी चलाउने तथा गलत गतिविधि गर्ने समूह सक्रिय हुनसक्ने भन्दै प्रहरीले दिउँसोको तुलनामा बढी निगरानी बढाएको पनि जनाएको छ । अघिल्लो बर्ष उपत्यकामा होली खेल्ने क्रममा ३ जनाको छत

नेपालसँग दीर्घकालीन सम्बन्ध चाहन्छौ : चिनियाँ राष्ट्रपति

चैत ९ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालसँग दीर्घकालीन रणनीतिक सम्बन्ध विकास गर्न चीनले चाहेको बताउनुभएको छ । सोमबार बेइजिङमा दुई देशबीच दश बुँदे सम्झौता भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसाग भएको भेटवार्तामा राष्ट्रपति सी जिनपिङले नेपालसँग विशेष सम्बन्ध स्थापना गर्न चाहेको बताउनुभएको हो । यसअघिका उच्च भेटवार्तामा चिनियाँ नेताले नेपालसाग कम्प्रिहेन्सिभ सम्बन्ध रहेको बताउँदै आएका थिए ।

मस्यौदा समिति आफै अलमलमा

काठमाडौं– चैत ९ । व्यवस्थापिका संसदको नयाँ नियमावलीका लागि गठित मस्यौदा समिति अलमलमा परेको छ । सांसदहरूको कम सहभागिताका कारण यो समितिमा कहिल्यै कोरम समेत पुग्दैन । ६१ सदस्य रहेको मस्यौदा समितिले अहिलेसम्म खासै उपलब्धि मुलक काम समेत गर्न सकेको छैन । इतिमात्र नभई नयाँ नियमावलीमा संसदीय सुनुवाइ विशेष समितिको संरचनाबारे दलहरूबीच नै मत विभाजत छ । सुनुवाइ समिति नहुँदा न्यायाधीश र संवैधानिक अंगका लागि सि

रङ्गहरूको पर्व होली मनाइदै

काठमाडौं–चैत, ९ । रंगहरुको पर्व फागु अर्थात होली काठमाडौं उपत्यकासहित देशभरका पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाईंदै छ । बसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने होलीलाई सद्भाव र आत्मियता साटासाट गर्ने पर्वको रुपमा पनि लिइदै आइएको छ  । होलिमा एक अर्कालाई विभिन्न रङ्ग लगाएर यो पर्व मनाइन्छ ।  पहाडी जिल्लाहरुमा आज (मङ्गलबार ) र तराईका जिल्लाहरुमा भोली होली मनाउने चलन छ ।

सांसद ल्हारक्याल लामा फेरी पक्राउ

काठमाडौ–चैत,८ । बैंकको लकरमा गोली राखेका कारण साढे ६६ हजार धरौटी बुझाएर हिरासतमुक्त भएका एकीकृत माओवादीका सांसद ल्हारक्याल लामा पुन: ठगी अभियोगमा पक्राउ परेका छन् । अख्तियारको छानबिनका क्रममा लकरमा १४ थान गोली भेटिएपछि सार्वजनिक अपराधको मुद्दामा ८ दिन थुनामा बसेका लामा आज मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ६६ हजार ७ सय ५० रूपैयाँ धरौटी बुझाएर छुटेका थिए । तर कार्यालयको गेटबाट धरौटी बुझाएर ब

नेवि संघले रंगिन उमंगका अभियान शुरू गर्ने

काठमाडौं–चैत,८ । नेपाल विद्यार्थी संघले ‘रंगिन उमंगका साथ राष्ट्र निर्माणका लागि कम्मर कसौँ’ अभियान सुरु गर्ने भएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गरी नेविसंघले होलीको मंगलबारदेखि अभियान यो अभियान सुरु गर्ने भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणमा जगेडा रहेको ११ अर्ब रूपैयाँको प्रयोग गरी देशका सबै क्षेत्रमा चरणबद्ध रूपमा इन्टरनेटको पहुँच पुर्‍याएर सुविधायुक्त सूचना–प्रविधि क्षेत्र निर्माणका लागि