सुविधाभोगी नबन्न प्रचण्डको निर्देशन

काठमाडौं–चैत, ८ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेता तथा कार्यकर्ता सुविधाभोगी बनेको भन्दै सुध्रिन  आवश्कता भन्दा बढि सुविधाभोगी नबन्न नेता तथा कार्यकर्ता पङ्त्तिलाई निर्देशन दिनुभएको छ  । पार्टी कार्यालय कोटेश्वरमा बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले पछिल्लो समय नेता कार्यकर्ताहरु सुविधाभोगी र शक्तिको पछि धाउने लालसा बढेका कारण पार्टीमा समस्या देखिएको बताउनुभयो । केन्द्रीय

बाडीचुँडी खान मात्र सत्तामा जान्नौ : देउवा

काठमाडौं–चैत,८ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाडीचुँडी खानका लागि मात्र बन्ने सहमतीय सरकारको औचित्य नरहेको बताउनु भएको छ । काठमाडौंमा आइतबार गिरिजाप्रसाद अध्ययन केन्द्रले गरेको कार्यक्रममा सभापति देउवाले संविधान कार्यान्वनका लागि ठूला दलबीच एकता हुनु आवश्यक भएपनि सत्ता भागबण्डा गर्नमात्र सहमतीय सरकारको विलौना गर्नु औचित्य नभएको बताउनुभएको हो । देउवाले संविधान कार्यान्वयन जटिल विषय

दुई दिनमा दुई बालक अपहरण, एकको हत्या

धनुषा–चैत,७ । जनकपुरमा चार दिनभित्र दुई बालकको अपहरण र एक जनाको हत्या भएको छ । अपहरित दुई जनामध्ये एक बालकको हत्या भएको छ भने अर्का एक जनाबारे प्रहरी नै अनभिज्ञ छ । शनिबार बिहान जनकपुर उपमहानगरपालिका वडा नम्बर २६ का असलम राईनका ५ वर्षीय छोरा अशरफ राईनको हत्या भएको हो । अशरफ अपहरणमा परेको हुन सक्ने भन्दै परिवारले शनिबारै जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको थियो ।  प्रहरीले घटनाको टिपोट गर्दै सा

प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान

काठमाडौं–चैत ७ । प्रधानमन्त्री केपी शर्मा ओली ८ दिने भ्रमणका लागि छिमेकी चीन प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली आइतबार उत्तरी छिमेकी राष्ट्र चीनतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्रीको भ्रमण पहिले इन्धन सम्झौता हुने भनिएपनि त्यसको कुनै गृहकार्य हुन नसक्दा भ्रमण खास एजेण्डाविहीन बनेको छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने तय भएको छ । परराष्ट्र मन्त्रा

चितवन मेडिकल कलेजका ३० मजदूर पक्राउमा

चितवन–चैत,७ । चितवन मेडिकल कलेजमा कार्य गर्दै  ३० मजदूरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल नेपाल स्वास्थ्य तथा सरसफाइ श्रमिक मजदूर संघमा आबद्ध मजदुरहरुलाई प्रहरीले आज विहान नियन्त्रणमा लिएको हो । आन्दोलनकर्ताहरूले तलब बढाउन र स्थायी गर्न माग गर्दै आन्दोलन गर्दै आएका थिए । आन्दोलनरत मजदूरहरुले आइतबार अस्पतालको बहिरङ सेवा बन्द गराउन खोजेपछि प्रहरीले हस्तक्षेप

बेलायती राजकुमार ह्यारी काठमाडौं आइपुगे

काठमाडौं–चैत, ६ । बेलायती राजकुमार ह्यारी पाँच दिने नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आइपुगेका छन् । उनी अपरान्ह कतार एयरवेजको विमानबाट काठमाडौं आइपुगेका हुन् । ह्रारीको स्वागतमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्थानीयविकास राज्यमन्त्री कुन्तीकुमारी जानुभएको थियो । पाँच दिने नेपाल बसाइका क्रममा ह्रारीले राजनीतिक भेटघाट, विभिन्न ठाउँको अवलोकन र कार्यक्रमहरूमा सहभागि हुने तय भएको छ ।

मधेशी मोर्चाका नेता र चिनियाँ राजदूतवीच छलफल

काठमाडौ–चैत,६ । मधेशी मोर्चाका नेता र चिनियाँ राजदूत उ चुन्ताईसंगवीच मधेश आन्दोलनका बारेमा छलफल भएको छ । काठमाडौमा हिजो नेपालका लागि चिनियाँ राजदुत उ चुन्ताईसंग संयुक्त रुपमा छलफल गरी मधेशी नेताहरूले आफ्ना माग सम्वोधन गर्न कुटनीतिक दबाब दिन राजदुतमार्फत चीन सरकारलाई आग्रह गरेका हुन् । मोर्चा सहितको गठबन्धनले माग सम्बोधनका लागि प्रधानमन्त्रीलाई दवाब दिन ध्यानाकर्षण गराएका हो ।

फ्लाई दुवैको विमान दुर्घटनामा ६१ को मृत्यु

एजेन्सी–चैत,६ । दुबइबाट रुसका लागि उडेको फलाई दुवैको विमान दुर्घटनामा हुँदा विमानमा सवार ६१ जनाको मृत्यु भएको छ । बीबीसीले जनाए अनुसार विमानमा ५५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए । दुबईबाट रुसका लागि उडान भरेको बोइङ ७ सय ३८ विमान रोस्तोफ अन दोन विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागी भएको थियो ।

मधेशी मोर्चाद्धारा एक घण्टा चक्काजाम

विराटनगर–चैत,५ । मधेसको माग सम्बोधनतर्फ सरकारले ध्यान नदिएको भन्दै मधेसी मोर्चाका कार्यकर्ताहरूले सप्तरीमा एक घण्टा चक्काजाम गरेका छन् । मधेसी मोर्चा आबद्ध विभिन्न मधेसवादी दलको कार्यकर्ताहरूले दिउँसो चक्काजाम गरेका हुन् । राजविराज रुपनी सडक खण्ड अन्तर्गत गरिएको चक्काजामले आवत जावत गरिरहेका सवारी साधन र यात्रुले सास्ती खेप्नुपरेको थियो ।

नेपाल,भारत र चीनको सम्बन्धमा आँच आउने सम्झौता हुन्न : प्रधानमन्त्री

काठमाडौं–चैत,५ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा नेपाल, चीन र भारतवीचको सम्बधनमा आँच आउने कुनै सहमति नहुने बताउनुभएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आज भएको बैठकमा प्रधानमन्त्री ओलीले एक देशविरुद्ध अर्को देशलाई कार्डको रुपमा प्रयोग गर्ने नीतिमा आफू नहरको बताउनुभयो । ओलीले भारतले नाकाबन्दी गरेका कारण चीनसँगको सम्बन्धलाई मात्र प्राथामिकता दिने आइरहेका हल्लाको खण्डन ग