मुम्बई–बलिउड आइटम गर्ल तथा अभिनेत्री राखी सावन्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अपमान गरेको भन्दै मुद्दा दायर गरिएको छ । राजस्थानको राजसमंद जिल्लामा राखी विरुद्ध मुद्दा दर्ता गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । राखीमाथि मोदीको फोटो भएको कपडा लगाएर प्रधानमन्त्रीको अपमान गरेको आरोप लगाइएको छ । अधिवक्ता प्रजीत तिवारीले अदालतमा अभिनेत्री राखी सावन्तले कालो रंगको कपडा लगाएर सोसल मिडियामा
अन्तर्राष्ट्रिय
हरेक चार दिनमा एक पत्रकारको मृत्यु
एजेन्सी –युनेस्कोले हरेक साढे चार दिनमा विश्वभरमा एक पत्रकारको मृत्यु हुने गरेको नयाा तथ्याङक सार्वजनिक गरेको छ । युनेस्कोले सार्वजनिक गरेको एक तथ्याङक अनुसार हरेक साढे चार दिनमा विश्वमा कम्तिमा एक जना पत्रकारको मृत्यु हुने गरेको पाइएको छ । उक्त तथ्याङक अनुसार सन् २०१५ देखि २०१५ सम्ममा हालसम्म विश्वमा ८ सय २७ पत्रकारको मृत्यु भएको जनाइएको छ । बितेको वर्ष मात्र विश्वमा १ सय १५ पत्रकारको मृत्यु
काश्मिर क्षेत्रमा तनाव जारी, एक नेपाली सहित १४ को मृत्यु
एजेन्सी–कार्तिक । जम्मु–काश्मीर सीमा क्षेत्रको नियन्त्रण रेखामा भारत र पाकिस्तानका सेनावीच गोली हानाहान हुँदा १४ जना मारिएका छन् । भारत र पाकिस्तानले एक–अर्कामाथी नियन्त्रण रेखामा गोली चलाएको आरोप लगाएका छन् । सीमा जोडिएको क्षेत्रमा पाकिस्तानको तर्फवाट हानिएको गोली लागेर आफ्ना ८ जना नागरिकले ज्यान गुमाएको भारतीय अधिकारीहरुले जनाएका छन् । ज्यान जानेमा दुई बालबालिका पनि रहेको भारतीय अधिकारीहरुले जन
इराकी सेना पहिलो पटक आइएसको पकड क्षेत्रमा, भिडन्त जारी
एजेन्सी–कार्तिक । इराकी विशेष सुरक्षा फौज विद्रोही संगठन इस्लामिक स्टेट आइएसको पकड मानिने मोशुल शहरमा प्रवेश गरेको छ । इराकी सेना दुई वर्षको अवधिमा पहिलो पटक मोसुलमा प्रवेश गरेको हो । सन् २०१४ को जुन महिनादेखि आइएसको नियन्त्रणमा रहेको सरकारी टेलिभिजनको भवनलाई इराकी विशेष फौजले आफ्नो नियन्त्रणमा ल्याएको छ । इराकका प्रधानमन्त्री हैदर अल अबादीले मोसुल शहरभित्र आइएसका ३ देखि ५ हजार विद्रोही लडाकुहर
थाई राजाको सम्झनामा एक बर्ष शोक मनाइने
एजेन्सी–असोज । थाई सरकारले स्वर्गीय राजा भूमिबोल अदुल्यदेजको अन्तिम संस्कारका लागि थप सुरक्षा बढाएको छ । हिजो थाइल्याण्ड दरवारले वक्तव्य जारी गर्दै राजा अदुल्यदेजको देहान्त भएको घोषणा गरेको थियो । एकता तथा स्थायीत्वको प्रतीक मानिने राजाका लागि सुस्वास्थ्यको कामना गर्दै बसेका प्रजा तथा शुभचिन्तक शोकमा यतिबेला डुबेका छन् । दरवारको वक्तव्यका अनुसार थाइल्याण्डको राष्ट्रिय झण्डा ३० दिनका लागि आधा झु
पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटरेस संयुक्त राष्ट्रसंघको नयाँ महासचिव
असोज २८ । पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटरेस संयुक्त राष्ट्रसंघको नयाँ महासचिवमा औपचारिक रुपमा चयन भएका छन् । बिहीबार बसेको राष्ट्रसंघीय महासभाको बैठकले एन्टोनियो गुटरेस नाम चयन गरेको हो । गुटरेसले १ जनवरी २०१७ मा कार्यकाल सम्हाल्ने छन् । उनको कार्यकाल २०२१ को अन्त्यसम्म रहनेछ । उनी राष्ट्रसंघका नवौ महासचिवको रुपमा चयन भएका हुन् । बिहीबार राष्ट्रसंघमा आबद्ध १ सय ९३ देशका प्रतिनिधिहरु
हाइटीको आँधिमा मृत्यु हुनेको संख्या तीन सय बढि
एजेन्सी –हाइटीमा म्याथ्यु नामक आँधीका कारण मृत्यु संख्या ३ सय भन्दा बढि नाघेको छ । आँधिकै कारण कतिपय सहरमा ८० प्रतिशत घर नष्ट भएका छन् । सुड प्रान्तमा ३० हजारजति घर ध्वस्त भएका छन् । यो आँधीलाई क्याटेगोरी फोर आँधी अर्थात् आँधीको वर्गीकरणमा दोस्रो शक्तिशालीका रूपमा लिइएको छ । हाइटीमा अधिकांश क्षति सहर र माछा मार्ने व्यवसायमा संलग्न तटीय गाउँहरूमा विविसिमा उल्लेख छ । आँधिका कारण नदीहरूमा बाढी आएको
नेपाललाई सदैब सहयोग गर्न तयार : अमेरिकी राष्ट्रपति ओबामा
एजेन्सी–असोज । अमेरिकी राष्ट्रपति बाराक ओबामाले संविधान दिवसको अबसरमा एक सन्देश पठाएर राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली जनतालाई बधाई दिनुभएको छ । सन्देश मार्फत अमेरिकाका जनताको तर्फबाट शुभकामना व्यक्त गर्न पाएको राष्ट्रपति ओबामाले गौरवानुभूति भएको बताउनुभएको छ । गत वर्षको विनाशकारी भूकम्पको स्मरण गर्दै ओबामाले आफन्त गुमाएका परिवारहरूको शोक अझै पनि अमेरिकी जनताले अनुभूत गरिरहेको सन्देशमा उल्ल
साउदीको आतंककारी हमलामा दुई सुरक्षकर्मीको मृत्यु
एजेन्सी–असोज । साउदी अरबमा भएको एक आतंककारी हमलामा परि दुई सुरक्षाकर्मीको ज्यान गएको छ । स्थानीय प्रहरीले यो हमलालाई चरमपन्थी हमला भनेको छ । अरबस्थित गृह मन्त्रालयका अनुसार रातको समयमा दम्माम शहरमा कारमा गस्ती गरिरहेको प्रहरीमाथि गोलाबारी भएको थियो । घटनामा घाइते भएकाहरु मध्ये अस्पताल लगिएका मध्ये दुई जनालाई चिकित्सकले मृत घोषित गरेका थिए । दम्माम साउदी अरबको शिया बाहुल्य क्षेत्र हो । सुन्
काश्मिरमा २ को मृत्यु
भदौ–भारत प्रशासित काश्मिरमा भड्किएको हिंसामा परी २ जनाको ज्यान गएको छ । मुसलमान समुदायको बाहुल्य रहेको त्यस क्षेत्रमा इद मनाउने क्रममा हिंसा भड्किएपछि सरकारले कफ्र्यु आदेश जारी गरेको छ । हिंसामा ६० भन्दा बढी घाइते भएका छन । श्रीनगरस्थित राष्ट्रसंघको कार्यालयमा जुलुस लिएर जान लागेका पृथकतादवादीमाथि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडपका क्रममा दर्जनौं अश्रुग्यांस र पानीका फोहोरा प्रहार गरिएको
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 19
- Next Page »