एजेन्सी–क्याथोलिक इसाइहरुको सबै भन्दा ठूला धर्मगुरु पोप फ्रान्सिसले मदर टेरेसालाई सन्त घोषित गरेका छन् । आइतबार भ्याटिकन सिटीको सेन्ट पिटर स्क्वायरमा आयोजित एक विशेष समारोहमा टेरेसालाई मरणोप्रान्त सन्त घोषणा गरिएको हो । टेरेसालाई गरिबहरुको सहायता तथा जीवन रक्षकालागि जीवनभर क्रियाशिल रहेको भन्दै सन्त घोषणा गरिएको हो । यस समाहरोहमा विश्वभरका दशौं हजार मानिस सहभागी भएका थिए। समारोहमा स्पनेकी महारानी
अन्तर्राष्ट्रिय
फेरी ३ मिसाइल परिक्षण गरेको उत्तर कोरियाको दाबि
एजेन्सी–उत्तर कोरियाले पुन:तीन वटा ब्लास्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले दाबी गरेको छ । दक्षिण कोरिया सरकारले एक विज्ञप्ति जारी गर्दै उत्तर कोरियाले आफ्नो पूर्वी समुन्द्री तटीय क्षेत्रबाट उक्त ३ ब्लास्टिक मिसाइल परीक्षण गरेको दाबी गरेको हो । तर विज्ञप्तिमा कुन प्रकारको मिसाइल परीक्षण गरेको भन्ने बारे भने केही खुलाइएको छैन। दुई हप्ताअघि पनि उत्तर कोरियाले ब्लास्टिक मिसाइल परीक्षण गरेको थ
न्यूजील्याण्डमा ७ दशमलब १ रेक्टरको भूकम्प
एजेन्सी–न्यूजील्याण्डमा शुक्रबार विहान ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । न्यूजील्याण्डको उत्तरपूर्वी टापुमा भूकम्पको धक्का महसुश भएपनि हालसम्म कुनै पनि मानवीय क्षति नभएको अधिकारीहरूले जनाएका छन । भूकम्पपछि उत्तर पुर्वी टापुका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरूलाई सजग रहन सरकारले आग्रह गरेको छ । न्यूजील्याण्डमा हरेक वर्ष १५ हजार भूकम्पीय धक्का जाने गरेका छन्, जसमध्ये १ सय ५० भन्
इटलीमा भुइँचालो, ३८ को मृत्यु
इटालीको दक्षिण पश्चिम पेरुगिया नजिकैको नोर्सियालाई केन्द्रविन्दु बनाएर ६ दशमलव २ रेक्टर स्केलको भूकम्पमा परि ३८ जनाको ज्यान गएको छ । भुकम्पका कारण इटालीका लेजियो, अकुमाली, प्रेस्कारा डेल टोरन्टो लगायतका स्थानमा घरहरु भत्किएको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन । पहिलो भुकम्प गएको आधा घण्टामै पराकम्प गएको थियो । घटनाबारे थप विवरण आउने क्रम जारी छ । यसअघि सन् २००९ मा ६ दशमलव ३ रेक्टर स्के
टर्कीमा बढ्दो आतंकवादी हमला
एजेन्सी–भदौ । टर्कीमा छुट्टाछुट्टै दुई स्थानमा भएको कार बम बिस्फोटमा परि ६ जनाको ज्यान गएको छ । घटनामा परि २ सय १९ जना घाइते भएको बताइएको छ । पूर्वी शहर भानमा प्रहरी स्टेशनलाई लक्षित गरी पहिलो आक्रमण भएको थियो । जसमा १ प्रहरी र २ सर्वसाधारणको मृत्यु भएको र ७३ जना घाइते भएको अन्तर्राष्ट्रि सञ्चारमाध्यमले जनाएका छन् । केही घण्टापछि फेरी एलाजिगस्थित प्रहरी स्टेशनमा अर्को बम आक्रमण हुँदा ३ प्रहरी अधि
अमेरिकामा एक धर्मगुरु र उनका सहयोगीको हत्या
एजेन्सी–साउन । अमेरिकाको न्युयोर्कस्थित क्विन्समा एक इस्लामिक धर्मगुरु र उनका सहयोगीलाई गोली हानी हत्या गरिएको छ । सडकमा हिंडिरहेका बेला पछाडिबाट एक व्यक्तिले उनीहरूको टाउकोमा गोली प्रहार गरेको अमेरिकी प्रहरीले जनाएको छ । उनीहरूलाई अल–फुर्कान मस्जिदबाट निस्किएलगत्तै गोली प्रहार गरिएको थियो । यद्यपी प्रहरीका अनुसार धर्मका कारण उनीहरूको हत्या गरिएको हुनसक्ने कुनै तथ्य फेला परेको छैन । इमाम र उनका स
पाकिस्तानले मनायो स्वतन्त्रता दिवस
काठमाडौं–साउन ३० । पाकिस्तानले आइतबार विभिन्न कार्यक्रम गरी ७० औं स्वतन्त्रता दिवस मनाएको छ । स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंको महाराजगञ्जस्थित पाकिस्तानी राजदूतावासमा राजदूत मजहर जावेदले पाकिस्तानको राष्ट्रिय झण्डात्तोलन गर्नुभएको थियो । स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तानका राष्ट्रपति मम्मून हुसैन र प्रधानमन्त्री नवाज सरिफले राष्ट्रका नाममा दिनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । सन्
चीनमा सिसाको पुल, पर्यटक लोभ्याउने तरिका
एजेन्सी–साउन चीनमा अहिले सिसाको पुल बनाउने होडबाजी नै चलेको छ । पछिल्लो समय आर्थिक तथा पुर्वाधार विकासका क्षेत्रमा गतिशिल फड्को मारेको चीनले अग्लाअग्ला पहाडमा सिसाको पुल बनाइरहेको छ । पर्यटकलाई आकर्षित गरी आयआर्जन बढाउने उद्देश्य सहित चीनले हुनान प्रान्तको जाङगजियाजी नेसनल फरेस्ट पार्कमा कइलिङ्ग ड्रेगन पाथको एक भागमा यस्तै सिसाको पुल बनाउने अभियान सुरु गरेको छ । यस अघि नै तियानमन माउन्टेनको अग्
आइएस विरुद्ध टर्की र रसियाको गठबन्धन बन्दै
एजेन्सी–साउन । टर्कीले रसियालाई सिरियाका जिहादी समूह इस्लामिक स्टेट्स (आइएस) विरुद्ध संयुक्त कारबाही अघि बढाउन आह्वान गरेको छ । रसिया भ्रमणका क्रममा टर्कीका राष्ट्रपति रेसेप तायिप एर्डोगान र रसियाली राष्ट्रपति भ्यादिमिर पुटिनबीच भएको एक महत्वपूण भेटवार्तामा यस बारे चर्चा भएको बताइएको छ । । यो विषयले अहिले रसियासागै टर्कीमा समेत चर्चा पाएको छ । टर्कीका विदेश मन्त्री मेभ्लुत क्याभ्उसोग्लुले एक निज
ट्रम्प राष्ट्रपति बन्न योग्य छैनन : ओवामा
एजेन्सी–साउन १९ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन पार्टीका तर्फका उम्मेदवार डोनाल्ड ट्रम्प अयोग्य उम्मेदवार भएको दाबी गर्नुभएको छ । उहाँले ट्रम्प अमेरिकी राष्ट्रपति बन्न योग्य नभएको दाबी गर्नुभएको हो । रिपब्लिकन पार्टीले ट्रम्पलाई उम्मेदवार बनाएर गल्ति गरेको भन्दै राष्ट्रपति ओवामाले विश्वकै शक्तिशाली पदमा पुग्न ट्रम्प लायक नभएको जिकिर गर्नुभएको थियो ।
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 19
- Next Page »