फ्रान्स आक्रमण–आपत्तकालिन अवस्था यथावत

एजेन्सी–असार । फ्रान्समा एक जना बन्दुकधारीले तीव्र गतिमा अन्धाधुन्दा ट्रक चलाउदा ८० जनाले ज्यान गुमाउनुपरेको छ । निसको फ्रेन्च रिभिरा सहर नजिकै वेस्टाइल डे मनाइरहेको ठाउँमा ट्रक कुदाउँदा ८० जना मारिनुका साथै १ सय भन्दा बढी घाइते भएको बताइएको छ । घाइतेमध्ये १८ जनाको अवस्था गम्भीर रहेको फान्सस्थित गृह श्रोतको दाबी छ । बास्टिल दिवसको उपलक्ष्यमा आतिसबाजी भइरहेका बेला यो घटना भएको अन्तर्राष्ट्रियसञ्चा

प्रदर्शनकारीले चलाएको गोली लागेर अमेरिकामा ५ प्रहरी मारिए

एजेन्सी–असार । अमेरिकाको डल्लासमा भएको प्रदर्शनको क्रममा बन्दुकधारीले चलाएको गोली लागेर पाँच जना प्रहरी मारिएका छन् । प्रहरीले दुई जना काला नागरिकमाथि गोली प्रहार गरेपछि सुरु भएको प्रदर्शनमा प्रदर्शनकारीको गोली प्रहारबाट पाँच जना प्रहरी मारिएका हुन् । विरोध प्रदर्शनमा अचानक गोली चलेपछि केहि समय भागदौड नै मच्चिएको थियो । प्रहरीले एक जना संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको र एक जना

बढ्दो आतंकबादी हमला, अन्तर्राष्ट्रिय सुरक्षामै चुनौती

एजेन्सी–असार । अहिले बढ्दो क्रममा रहेको आतंकबादी हमला अन्तर्राष्ट्रिय सुरक्षा चुनौती बन्न थालेको छ । एकपछि अर्को गर्दै बढीरहेको आतंबादी हमलाबाट सयौंले ज्यान गुमाएका छन्, भने विभिन्न राष्ट्रले अरबौँको क्षती व्यहोर्नुपरेको छ । बढ्दै गरेको आतंकबादी गतिविधि रोक्न एउटा राष्ट्रको पहल मात्र पर्याप्त नहुने देखिएको छ । सन् २०१५ को नोभेम्बरमा १३० जनाको ज्यान जानेगरि भएको पेरिसस्थित चार्ली हेब्दो म्यागजिन र

बन्धक मुक्त गर्दा ढाकामा ६ चरमपन्थी मारिए

एजेन्सी–असार १८ । बंगलादेशको राजधानीस्थित एक क्याफेमा बन्धक बनाइएका १३ जनालाई मुक्त गर्नेक्रममा सुरक्षा बललले ६ जना चरमपन्थीको हत्या गरेको छ । ४ विदेशीसहित १३ बन्धकलाई मुक्त गगर्नेक्रममा जवाफी कारबाहीमा ६ जना आक्रमणकारी मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बंगलादेशको राजधानी ढाकामा चरमपन्थीहरुले आक्रमण गरेको क्याफेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्, भने सुरक्षा व्यवस्थ

ब्रिटेन जनमत संग्रह– चौतर्फी चर्चा

एजेन्सी–असार ११ । ब्रिटेन युरोपेली संघबाट अलग्गिएको खबरले अहिले चौतर्फी चर्चा पाएको छ । समाचारका रुपमा मात्रै होइन, भारत, अमेरिका, लगायतका शक्ति राष्ट्रमा यसको चर्चा चुलिएको छ ।  युरोेपेली संघ एउटा ठूलो शक्तिका रुपमा उदाउदैगर्दा यसको ठूलो हिस्सेदार बिट्रेनको यो बहिर्गमनलाई खासअर्थमा हेरिएको छ । यो मात्रै होइन ब्रिटेनको यो बहिर्गमनले बिश्व बजारमा अहिलेबाटै असर सुरु भएको छ । पहिलो असर सुनको मूल्यमा

बेलायत इयूबाट बाहिरियो

एजेन्सी, असार । बेलायतमा बिहीबार सम्पन्न जनमत संग्रहपछि बेलायत युरोपेली युनियन (ईयू) बाट छुट्टिएको छ । बेलायत ईयू सदस्यका रुपमा रहने वा निस्कने भन्ने विषयमा भएको जनमत संग्रहमा छुट्टिनु पर्छ भन्ने पक्षमा ५२ प्रतिशत र बस्ने पक्षमा ४८ प्रतिशत मत परेपछि बेलायत इयूबाट बाहिरिने भएको हो ।

बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पद छाड्ने

एजेन्सी–बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पद छाड्ने घोषणा गर्नुभएको छ । बिहीबार भएको जनमत संग्रहबाट बेलायत यूरोपियन यूनियसँग छुट्टिने निर्णय भएसँगै क्यामरूनले पद छाड्ने घोषणा गर्नुभएको हो । क्यामरुनले अक्टोबरदेखि पद छाड्ने घोषणा गरेका गर्नुभएको हो । उहाँले अर्को नेतृत्व तयार भएपछि पद छाड्ने बताउनुभएको हो । जनमत संग्रह अघि प्रधानमन्त्री क्यामरुनले आर्थिक बृद्धि र सुरक्षाका लागि इयूमै रहनुपर्

काबुल विस्फोट–१२ नेपालीको मृत्यु, समवेदनाको होडबाजी

एजेन्सी–असार ६ । अफगानिस्तानको राजधानी काबुलमा तालिवान विद्रोहीले गरेको आत्मघाती विस्फोटमा परी १२ नेपालीले ज्यान गुमाएका छन् । घटनामा ७ नेपाली र ४ अफगानी घाइते भएको बताइएको छ । विस्फोटको जिम्मेवारी अफगानिस्ताको विद्रोही संगठन तालिवानले लिएको छ । नेपाली सुरक्षागार्ड चढेको मिनी बस पूर्वी शहर जलालबाद गइरहेका बेला पैदल रहेका आत्मघाती आक्रमणकारीले विष्फोट गराएका थिए । अफगानिस्तानको आन्तरिक मामिला मन्त

बेलायतमा सांसदको मृत्यु

एजेन्सी । बन्धुकधारीले चलाएको गोली लागेर गम्भीर घाइते भएकी बेलायती लेवर पार्टीकी सांसद जो कोक्सको मृत्यु भएको छ । कोक्सको उपचारका क्रममा मृत्यु भएको हो । लेबर पार्टीका तर्फबाट सांसद रहेकी ४१ वर्षीया कोक्समाथि बन्धुकधारीले गोली तथा चक्कु प्रहार गरेका थिए । इंग्ल्याण्डको चुनावी क्षेत्रमा एक मिटिङमा रहेको समयमा कोक्समाथि आक्रमण भएको थियो । घटनापछि प्रहरीले ५२ वर्षीय एक व्यक्तिलाई हत्याको अभियोगमा

यूरोकप स्थल वरीपरी मदिरा निषेध

जेठ ३१ । फ्रान्स सरकारले युरोकप फुटवल आयोजनास्थल वरपर मदिरा सेवन गर्न प्रतिबन्ध लगाएको छ । ३ दिनअघि इंङ्ल्याण्ड र रुसकाबीच मर्से्स्थित स्टेडियममा भएको खेलका क्रममा दुबै पक्षका समर्थक बीच झडप भएपछि फ्रान्सले यस्तो नीति लिएको हो । युरोकप प्रतियोगिता आयोजनास्थल वरपर र समर्थकको भिड हुने क्षेत्र मदिरा निशेष गरिएको सरकारी त्यहाँका सरकारी अधिकारीले बताएका छन् ।