विश्वका शक्तिशाली महिलामा अमेरिकी पकड–राष्ट्रपति भण्डारी ५२ औँ स्थानमा

काठमाडौं–जेठ ।  विश्वप्रसिद्ध अमेरिकी पत्रिका फोब्र्सले हालै विश्वका प्रख्यात एवं शक्तिशाली एक सय जना महिलाको सूची प्रकाशन गरेको छ । यस पटक यो चर्चा नेपालमा पनि छाएको छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको नाम सूचीमा समेटिएकोले यस बारे नेपालमा पनि चर्चा हुन पुगेको हो । आ–आफ्ना क्षेत्र वा व्यवसायमा महिलाको शक्ति, प्रभाव र सफलताका आधारमा यस पत्रिकाले ती महिलाको छनौट गर्ने गर्दछ । फोब्र्सको मूल

अमेरिकी राष्ट्रपति चुनाव– ओवामाको क्लिन्टनलाई समर्थन

न्युयोर्क–जेठ २८ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी राष्ट्रपति चुनावका प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई समर्थन दिनुभएको छ । डेमोक्याट्रिक पार्टीको तर्फबाट आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि ओबामाले क्लिन्टनलाई समर्थन दिएको अन्तर्राष्ट्रि सञ्चारमाध्यमले जनाएका छन् । डेमोक्याट्रिकको तर्फबाट क्लिन्टन र सिनेटर बर्नी सान्ड्रेस प्रतिस्पर्धामा छन् । राष्ट्रपति ओबामाले सिनेटर सान्ड्रेससँग

इराक बम विस्फोट–२२ को मृत्यु, अनुसन्धान जारी

एजेन्सी–जेठ २७ । इराकको राजधानी बग्दादमा भएको श्रृंखलाबद्ध बम विस्फोटमा २२ जनाको मृत्यु भएको बताइएको छ । आक्रमणमा ७० जना बढी घाइते भएका छन् । बग्दाद अल जदिद मार्गको व्यापारिक क्षेत्र र ताजिस्थित सेनाको चेकपोइन्टमा श्रृंखलावद्ध बिस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । व्यापारिक क्षेत्रमा कम्तीमा १५ जनाको मृत्यु भएको र सेनाको चेकपोइन्टमा भएको विष्फोटमा ७ जना सैनिक मारिएको इराकी प्र

भारतको एक बारुद्ध भण्डार डिपोमा ब्लास्ट, १७ को मृत्य

एजेन्सी–जेठ १८ । भारतको महाराष्ट्रस्थित पुलगाँवमा रहेको भारतकै सबैभन्दा ठुलो सेन्ट्रल एम्युनिशन डिपोमा आगो लाग्दा सेनाका दुई अधिकारीसहित १७ जनाले ज्यान गुमाएका छन् । सोमबार अबेर राति भएको ब्लास्टमा १५ जना सैनिक जवानको ज्यान गएको समचार एजेन्सी पीटीआईले जनाएको छ । उक्त घटनामा दुई सैनिक अधिकारीसति १७ जना घाइते भएको जनाइएको छ । वर्धा जिल्ला नजिक सेन्ट्रल एम्युनिशन डिपोमा सेनाको गोलाबारुद्ध राख्ने गरि

अमेरिकी कमद बिरुद्ध दियो रुसले मस्को आक्रमणको चेतावनी

एजेन्सी–जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोसँग अब जवाफी कारबाहीको विकल्प नहुँने बताउनुभएको छ । युरोपमा अमेरिकी मिसाइल शील्ड कार्यक्रम रुसको सुरक्षामा सिधा खतरा हुँने भन्दै राष्ट्रपति पुटिनले रोमानिया र पोल्याण्ड आक्रमणको निशानामा रहेको चेतावनी दिनुभएको हो । अमेरिकाले केही मिसाइल रोमानिया र पोल्याण्डमा तैनाथ गर्ने तयारि गर्दैगर्दा रुसी राष्ट्रपति पुटिनको यस्तो प्रतिक्रिया आएको हो । ग्री

भारतलाई चीनले दियो ठूलो झड्का, सम्बन्ध चिसिने संकेत

एजेन्सी–जेठ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट चीन भ्रमण हुने दिनको ठिक अघिल्लोदिन चीनले न्युक्लियर सप्लायर्स ग्रुप (एनएसजी) मा भारतको संलग्नता बारे विरोध जनाएको छ । चीनले उक्त बिषयमा भारत अपवाद भएको भन्दै सदस्य बनाउन नहुने तर्क अघि सारेको हो । उच्च स्रोतका अनुसार यो विषयले यही साता दुई देशबीच बहश हुने छ । राष्ट्रपति मुखर्जी मंगबार नै चीन जाँदै हुनुहुन्छ । मुखर्जीले चीनमा रहँदा हाई प्रोफाइल बिज

अफगानिस्तानका एक प्रहरीले गरे आफ्नै १० साथीको हत्या

एजेन्सी–जेठ ६ । अफगानिस्तानको दक्षिणी प्रान्तमा बिहीबार १० जना प्रहरी मारिएका छन् । अफगानिस्तानको दक्षिणी प्रान्तमा अवस्थित जफर खेल क्षेत्रको प्रहरी चौकीमा कार्यरत एक प्रहरीले आफ्नो साथीको गोली हानी हत्या गरेका हुन । अफगानिस्तानको सो प्रहरी चौकीमा यसअघि समेत यस्तै हत्या भएको बताइएको छ । प्रहरीले आफ्नै दश जना साथीको ज्यान लिएको यो घटनालाई अफगानिस्तानको गृहमन्त्रालयले पुष्टि गरेको छ । हत्यापछि हतिय

चिनियाँ राष्ट्रपति अक्टोबरमा नेपाल आउँदै, भ्रमणले औपचारिकता पाउन बाँकी

काठमाडौं–जेठ ५ । चिनियाँ राष्ट्रपति सि जिनपिङे आगामी अक्टोबरमा नेपालको भ्रमणमा आउने बुझिएको छ । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा लुम्बिनी आउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङलाई सरकारको निम्ता पुगेपनि दुबै अनुपस्थित हुने निश्चित जस्तै भएको छ । यता, वौद्ध सम्मेलनमा सहभागि हुन असमर्थता जनाउनुभएका चिनियाँ राष्ट्रपति सिले भने आगामी अक्टोबरमा नेपालको भ्रमण गर्ने बुझिएको

मे ३० को मध्यपूर्वी क्षेत्रिय सम्मेलन स्थगित

एजेन्सी– जेठ । इजरायल तथा प्यालेस्टिनी शान्ति प्रक्रियाका लागि भन्दै आगामी मे ३० मा हुँने गरि तय भएको मध्यपूर्वी क्षेत्रिय सम्मेलन स्थगित गरिएको छ । मङ्गलबार एक कार्यक्रमकाबीच फ्रान्सका राष्ट्रपति फ्राँस्वा अलान्दले मध्यपूर्वी क्षेत्रिय सम्मेलन स्थगित भएको जानकारी गराउनुभएको हो । अलान्दले कार्यब्यस्तताका कारण अमेरिकी विदेशमन्त्री जोन केरी सम्मेलनमा उपस्थित हुन नसक्ने सूचना आएपछि स्थगित गर्नुपरेको

अफगानिस्तान विस्फोट, तीन सर्वसाधारणको मृत्यु

अफगानिस्तान–जेठ १ । अफगानिस्तानस्थित एक प्रहरी तालिम केन्द्रमा शनिबार आतङ्ककारी हमला हुँदा तीन जना स्थानीयको मृत्यु भएको छ । प्रहरीले तालिम गरिरहेको सो केन्द्रमा आतङ्ककारीले विस्फोटक पदार्थले भरिएको कार लगेर ठोक्काएको र उक्त विस्फोटमा परी छिमेकी घरका तीन जना सर्वसाधारण मारिएका हुन् । अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तको नाद अलि जिल्लामा सो आतङ्ककारी हमला भएको हो । घटनाको अनुसन्धान जारी रहेको