जलवायु परिवर्तनले पहिले नै जिडिपी घटाएको छ– प्रतिवेदन

जलवायु परिवर्तनले पहिले नै विश्व अर्थतन्त्रबाट अर्बौं डलर कम गरिरहेको र यसबाट विकासोन्मुख मुलुकहरू सबैभन्दा बढी प्रभावित भएको कोप२८ जलवायु शिखर सम्मेलनअघि मङ्गलबार प्रकाशित एउटा नयाँ प्रतिवेदनले बताएको छ । डेलावेयर विश्वविद्यालयको प्रतिवेदनले जनसङ्ख्याको आधारमा मूल्याङ्कन गर्दा मानव–जनित जलवायु परिवर्तनको असरले गत वर्ष विश्वव्यापी आर्थिक उत्पादन छ दशमलव तीन प्रतिशतले घटेको अनुमान गरेको छ । उक्त

अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा पुरुषहरूलाई घरेलु हिंसाविरुद्ध कदम चाल्न आग्रह

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले महिला र बालबालिका विरुद्ध हुने हिंसा अन्त्य गर्न अष्ट्रेलियाली पुरुषहरूलाई आह्वान गर्नुभएको छ। शनिबार महिला विरुद्धको हिंसा उन्मूलनको लागि अन्तरराष्ट्रिय दिवसको अवसरमा जारी गरिएको विज्ञप्तिमा अल्बानीजले अष्ट्रेलियाको घरेलु हिंसा न्यूनीकरण गर्न तत्काल कदम चाल्न आवश्यक रहेको बताउनु भएको छ। अस्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलजीको नेशनल होमिसाइड म

इजरायलको प्रधानमन्त्री कार्यालयद्वारा हमासद्वारा रिहा गरिएका बन्धकहरूको सूची सार्वजनिक

तेल अवीव, ९ मङ्सिर । इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतङ्कवादी हमलामा हमासद्वारा बन्धक बनाएर हिजो रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । इजरायली प्रधानमन्त्री कार्यालयले हमाससँगको सम्झौताको एक भागका रूपमा उद्धार गरिएकामध्ये ११ विदेशी नागरिक रहेको जानकारी दिएको छ। अमेरिका र कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार उद्धार गरिएका २४ जना हमास बन्धकहरूको सट्टामा इजरायलले ३

इजरायल र हमासबीच युद्धविराम सम्झौता कार्यान्वयनको थालनी, शुक्रबार रिहा हुने १३ जना बन्धक एउटै परिवारका

इजरायल–हमास युद्धमा चार दिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने गरी भएको सात हप्ताको युद्धपछि भएको युद्धविरामसँगै बन्धकहको बदलामा प्यालेष्टिनी कैदीहरूको रिहा गरिने भएको छ । अक्टोबर ७ मा इजरायलमा हमासले गरेको घातक आक्रमणपछि सुरु भएको द्वन्द्व दुबै पक्षले स्थानीय समयअनुसार बिहान ७:०० बजेदेखि युद्धविराम गर्ने सम्झौतासँगै अस्थायी रूपमा रोकिएको छ । शुक्रबार गाजामा बन्धक बनाइएक

भारतमा सडक सुरूङ भास्सिएपछि फसेका ४१ श्रमिकको उद्धार प्रयास जारी, सुरूङभित्र रहेका सबै जना सकुशल रहेको जानकारी

उत्तरकाशीको सिल्कियारामा निर्माणाधीन सुरुङ भत्किएको १३ औँ दिन सुरूङमा फसेका ४१ जना कामदारको उद्धार कार्यमा केही प्रगति भएको उद्धारमा सम्लग्न टोलीले बताएको छ । गत कात्तिक २८ गते सिल्क्यारादेखि बारकोटसम्म निर्माणाधीन सुरुङको केही भाग भत्किएर सुरुङको सिल्कियारातर्फको ६० मिटर क्षेत्रमा खसेको पहिरोले ४१ जना कामदारलाई भित्र थुनेको थियो । कामदारहरू सरूङको पूरा भएको दुई किलोमिटर–निर्मित भागमा फसेका छन्

दश दिनदेखि सुरुङमा फसेका भारतीय कामदार क्यामेरामा देखिए

दश दिनदेखि भत्किएको सुरुङमा फसेका ४१ भारतीय कामदारलाई मङ्गलबार पहिलोपटक क्यामेरामा जीवित देखिएको छ । उद्धारकर्मीहरूले उनीहरूलाई सुरुङबाट बाहिर निकाल्नका लागि नयाँ बाटो बनाउने प्रयास गरिरहेका छन् । प्रस्तावित मार्गमध्ये एउटा करिब आधा किलोमिटर लामो छ । थकित र चिन्तित देखिएका तथा बाक्लो दाह्री भएका पुरुषहरूलाई उद्धारकर्मीहरूले अक्सिजन, खाना र पानी पठाइने पातलो पाइपबाट तल पठाइएको इन्डोस्कोपिक क्याम

माल्दिभ्सले किल्ला टापुहरू बनाएर बढ्दो जलस्तरको सामना गर्ने

यसअघि नै पिउने पानीको अभाव भएको हिन्द महासागरको टापु समूह मुलुक माल्दिभ्स समुद्रको बढ्दो जलस्तरले डुब्ने जोखिममा छ । यद्यपि मुलुकका नयाँ राष्ट्रपतिले आफूले नागरिकहरूलाई स्थानान्तरण गर्ने योजनालाई खारेज गरेको बताउनुभएको छ । यसको सट्टा राष्ट्रपति मोहम्मद मुइज्जुले समुद्री स्तरमा रहेको माल्दिभ्सले महत्त्वाकांक्षी भूमि सुधार र उच्च टापुहरू निर्माण गरेर समुद्री छालहरूलाई पराजित गर्ने वाचा गर्नुभएको

गाजा युद्धविराम सम्झौता ‘नजिक’– हमास

हमास नेता इस्माइल हानियेहले इजराइलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मङ्गलबार बताउनुभएको छ । यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्यक्तिलाई हमासको लडाकू समूहले चाँडै रिहा गर्ने आशा जगाएको छ । “हामी युद्धविराम सम्झौताको नजिक पुगेका छौँ”, एएफपीलाई आफ्नो कार्यालयले पठाएको एक विज्ञप्तिमा हानियेहले भन्नुभयो । गाजामा युद्ध सुरु भएको धेरै सातादेखि वार्ताकारहरूले प्यालेस्टिनी लडाकूहरूले

गाजामा राष्ट्रसङ्घद्वारा सञ्चालित विद्यालयमा आक्रमण

संयुक्त राष्ट्रसङ्घद्वारा उत्तरी गाजामा सञ्चालित एक विद्यालयमा आक्रमण भएको राष्ट्रसङ्घले शनिबार पुष्टि गरेको छ । राष्ट्रसङ्घका एक शीर्ष अधिकारीले यसलाई ‘डरलाग्दो’ घटनाका रूपमा वर्णन गरेको सिएनएनले बताएको छ । विस्थापितहरूका लागि आश्रयस्थलका रूपमा प्रयोग भइरहेको जबल्याको अल–फखौरा विद्यालयको भिडियोमा दुई तले भवनको दोस्रो तलामा एउटा कोठामा रगतले लतपतिएका शवहरू देखाइएको थियो । मृत्यु हुनेमा अधिकांश

‘एउटा युद्धका लागि अर्को युद्ध’ : युक्रेनी शरणार्थीहरू इजराइलबाट फर्किए

गत वर्ष रुसी आक्रमणपछि तेतियाना कोचेभाले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा आफ्नो घर छोडेर गाजा नजिकैको इजराइली तटीय सहर अश्कलोनमा शरण लिएकी थिइन् । उनका पतिले विगतमा इजराइलमा काम गरेका थिए । आफ्ना तीन छोराछोरीलाई रुसी आक्रमणबाट टाढा राख्नका लागि अश्कलोन लैजाँदा शान्तिसँग बाँच्न सकिने ग्यारेन्टी हुन्छ भन्ने उनले सोचेकी थिइन् । तर त्यसपछि अक्टोबर ७ आयो जुन दिन हमासले इजराइमाथि हमला गर्यो । इजरा