अमेरिकी राष्ट्रपति र चिनियाँ विदेशमन्त्री बीच भेट

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ विदेशमन्त्री वाङ यी बीच शुक्रबार ह्वाट हाउसमा भेटवार्ता भएको छ । सो भेटले चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित भ्रमण पूर्व दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन खोजिएको आशय प्रतिबिम्बित टिप्पणी भएको छ । विश्वका दुई माहशक्ति राष्ट्रका नेताहरूले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न सहकार्य गर्नुपर्ने विश्वव्यापी आकाङ्क्षाका बीच यो भेटलाई निकै अर्थपूर्ण रूपमा

अमेरिकाद्वारा सिरियामा इरानी फौजले प्रयोग गर्ने दुई साइटमा आक्रमण

अमेरिकी सेनाले पूर्वी सिरियामा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी) र सम्बद्ध समूहले प्रयोग गर्ने दुई वटा साइटमा आक्रमण गरेको अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बताउनुभएको छ । “अक्टोबर १७ देखि सुरु भएको इरानी समर्थित मिलिसिया समूहद्वारा इराक र सिरियामा अमेरिकी कर्मचारीहरूविरुद्ध जारी तर करिब असफल आक्रमण शृङ्खलाको प्रतिक्रियास्वरूप गरिएको यो सटिक आत्मरक्षा आक्रमण हो”, रक्षामन्त्र

गाजा चर्चमा भएको इजराइली आक्रमणमा थुप्रैको मृत्यु भएको छ : हमास

बिहीबार अबेर भएको इजराइली हमलामा गाजामा एउटा चर्चमा आश्रय लिएर बसेका थुप्रै विस्थापितहरूको मृत्यु भएको र धेरै घाइते भएको हमास नियन्त्रित आन्तरिक मामिला मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार गाजा सहरस्थित ग्रिक अर्थोडक्स सेन्ट पोरफाइरस चर्चका परिसरमा भएको हमलामा ‘ठूलो सङ्ख्यामा सहित र घाइते’ भएका छन् । प्रत्यक्षदर्शीहरूले एएफपीलाई दिएको जानकारीअनुसार प्लालेस्टिनी क्षेत्रमा भएको युद्धपछि थुप्

गाजामा भएको घातक हमलाप्रति आक्रोश र निन्दा व्यक्त

गाजाको एक अस्पतालमा भएको हमलामा कम्तीमा दुई सय जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । उक्त हमलाप्रति विश्वभर आक्रोश र निन्दा व्यक्त गरिएको छ भने अम्मान, ट्युनिस, बेरुत र तेहरानमा विरोध प्रदर्शनसमेत भएको छ । उक्त क्षेत्रमा शासन गर्दै आएको प्यालेस्टिनी लडाकू समूह हमासले इजराइलले उक्त हमला गरेको आरोप लगाएको छ । इजराइली सेनाले हमासको आरोपलाई ‘झुट’ भन्दै हमासको सहयोगी इस्लामिक जिहादले

गाजा अस्पताल आक्रमणको संयुक्त राष्ट्रसंघद्वरा निन्दा

संयुक्त राष्ट्रसंघ, मानव अधिकार प्रमुख भोल्कर टर्कले मङ्गलबार राति विज्ञप्ति जारी गर्दै गाजा शहरको अल अहली अरब अस्पतालमा भएको हमलाको कडा शब्दमा निन्दा गर्नु भएको छ । आक्रमणमा परी सयौं मानिसको ज्यान जाने घटना पूर्ण रूपमा अस्वीकार्य भएको बताउँनु भएको छ। “स्तब्ध छु । आज राति, सयौं मानिसहरू मारिए – भयानक रूपमा – गाजा शहरको अल अहली अरब अस्पतालमा गरिएको घातक आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र देखे

एप्पलका सिइओ कुकको अचानक चीन भ्रमण

एजेन्सी । एप्पल कम्पनीका प्रमुख टिम कुकले यसै साता अचानक चीनको भ्रमण गर्नुभएको छ । आफ्नो सबैभन्दा ठूलो बजारमा कम्पनीको फोनको विक्रीमा कमी आएपछि उहाँको चीन भ्रमण भएको बताइएको छ । विबो सामाजिक सञ्जाल प्लेटफर्ममा आफ्नो खातामा सोमबार राखिएको पोस्टमा कुकले चेङ्दुमा रहेको एप्पलको ताइकु लि स्टोरमा गएर ‘अनर अफ किङ्ग्सका’ युवा खेलाडीहरूलाई भेटेको बताउनुभयो । चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टद्वारा प्रकाश

गाजामा ‘युद्धविराम’ को समाचार इजराइलद्वारा अस्वीकार

विदेशी नागरिकहरूलाई इजिप्ट भाग्न अनुमति दिन गाजामा अस्थायी युद्धविराम भएको भन्ने समाचारलाई इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले सोमबार अस्वीकार गरेको छ । यद्यपि उत्तरी गाजाबाट दक्षिणतिर भाग्न स्थानीय समयअनुसार बिहान ८ बजेदेखि दिउँसोसम्म सीमित समय थप्न इजराइली सेनाले वाचा गरेको छ । इजराइल, इजिप्ट र अमेरिकाबीच गाजा र इजिप्टको बीचमा रफाह पार गर्न विदेशी नागरिकलाई भाग्न र राहत सामग

चिनियाँ विदेशमन्त्री र रुसी समकक्षीबीच भेट

चिनियाँ विदेशमन्त्री वाङ यीले रुसी समकक्षी सर्गेई लाभरोभसँग सोमबार बेइजिङमा भेटवार्ता गर्नुभएको छ । विदेशमन्त्री वाङ चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य समेत हुनुहुन्छ । तेस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ फर इन्टरनेसनल कोअपरेसन (बीआरआई) को बैठक बस्नुअघि उहाँहरूबीच भेटवार्ता भएको हो । बीआरआईको बैठक बेइजिङमा मङ्गलबारदेखि सुरु हुँदैछ । सो अवसरमा चीनको पहुँचलाई विश्वव्यापी विस्तार गर्न चिनि

टेक्सास मेलामा गोली चल्दा तीनजना घाइते

टेक्सासको डलासमा चलिरहेको मेलामा शनिबार राति भएको गोलीकाण्डमा तीन जना घाइते भएका छन् । स्थानीय समय अनुसार बेलुका ८ नबज्दै खाद्य परिकार स्थल नजिकै भएको गोलीकाण्डमा शङ्कास्पद देखिएका एक व्यक्तिलाई हिरासतमा राखिएको डलास प्रहरी विभागले जनाएको छ । अधिकारीहरूले गोली चलेको खबर पाए लगत्तै सो पार्क खाली गर्न घटनास्थलमा पुगेका थिए । एक व्यक्तिले अर्का व्यक्तिलाई गोली हानेर तीन जना घाइते बनाएको प्रारम्

हमाससँग १२६ जना बन्धकका रूपमा रहेको इजरायलको दावी

प्यालेस्टाइनी लडाकू समूहले आठ दिनअघि घातक आक्रमण गरेयता हमासले १२६ जनालाई बन्धक बनाएको इजरायली सेनाले आइतबार पुष्टि गरेको छ । अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा कम्तीमा एक हजार ३०० जनाको मृत्यु भएको र करिब १५० इजरायली र विदेशी बन्धक बनाएको हुनसक्ने अनुमान इजरायली अधिकारीहरूले गरेका थिए । त्यसयता इजरायली बमबारीमा प्यालेस्टाइनी इलाकामा दुई हजार ३०० भन्दा बढीको मृत्यु भइसकेको छ भने दशौं ह